कालीगण्डकी लोकमार्ग मेरो पहलमा आएको हो– जोशी
adminBharat     5 months ago     36
कालीगण्डकी लोकमार्ग मेरो पहलमा आएको हो– जोशी

नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य तथा ब्यबस्थापिका संसदका सदस्य अर्जुनप्रसाद जोशी पर्वतमा सबैभन्दा लामो समय जनप्रतिनिधी भएर बिताउने नेतामा पर्छ न। क्याम्पसको प्राध्यापन छाडेर जिल्ला फर्केपछि कांग्रेसको जिल्ला नेतृत्वमा डेढ दशक भन्दा लामो समय बिताए । २०५६ देखि निर्वाचित जनप्रतिनिधी भएका जोशी यति लामो समय सम्म पनि जनप्रतिनिधी र कांग्रेसको केन्द्रिय सदस्य हुँदा समेत मन्त्री बन्न नसकेको भनेर उनलाई आलोचना पनि गरिन्छ । अझै उनले जिल्लाको दिर्घकालिन बिकासका प्रमुख योजनाहरु पनि सञ्चालन नगरेको आरोप पनि लगाउने गरिन्छ । उनले जिल्लाको जनप्रतिनिधी भएपछि देखेका सपना तथा जिल्लाको बिकासका लागि गरेका योगदानका बारेमा रहेर खबर डबली साप्ताहिकका लागि दुर्गाप्रसाद शर्माले लिएको अन्र्तवार्ताको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
तपाई लामो समय जिल्लामा राजनिति गरेको र जनप्रतिनिधी भएर बिताएको मान्छे, यो जिल्लाको संभावना र चुनौती के के हुन जस्तो लाग्छ ?
संसारको सबैभन्दा ठुलो पर्यटकीय गन्तब्यमा पर्ने पोखराबाट हामी सबैभन्दा बढी नजिक छौ । हामीले पर्यटकीय गन्तब्यको बिकास गरि पोखरामा आएका पर्यटकहरुलाई ल्याउन सक्ने हो भने हामीले धेरै ठुलौ आर्थिक फड३को मार्न सक्ने संभावना छ । हामञ् पर्वत जिल्ला सानो भुगोल भएको जिल्ला छ , सबै गाउँ बिकास समितिमा सदरमुकामबाट दुई अढाई घण्टामा पुग्न सकिन्छ । सबै गाबिस र नगरपालिकाका सबै वडाहरुमा मोटरबाटो पुगेको छ। बिद्युतको सुबिधा पनि सबै ठाउँमा छ । पर्वतको साक्षरता र शैक्षिक अवस्थामा मुलुकको समग अवस्था भन्दा माथि छ। यहाँका जनता बुझ्ने पनि हुनुहुन्छ पर्वतका जनता मेहनती पनि छ । त्यसैले यहाँ बिकासको प्रचुर संभावना छ । यहाँले चुनौती भन्नुभयो यहाँको प्रमुख चुनौती भनेको राजनैतिक सहमति र संस्कारको अभाब हो । धेरै कुरामा अझै असझमदारी छन । जिल्लालाई समग्र रुपमा बिकास गर्ने संन्र्दभमा मतभेद नहुनुपर्ने हो । बिकासका मोडलहरुमा फरक होला तर कसरी बिकास गर्ने भन्ने बिषयमा मत्भेद नुहुनपर्ने हो । आफुँले पनि नगर्ने, अरुलाई पनि गर्न नदिने संस्कार हाबी छ । यो जिल्लाको बिकासका लागि सबै मिलेर जानुपर्छ भन्ने हो भने धेरै गर्न सकिन्छ तर राजनैनिक खिचातानी र असहमति तथा असहयोगले धेरै चुनौती थपेको छ । समस्या र चुनौती भनेको दलहरुको बिचको सहमति र राजनैतिक संस्कारको अभाब नै प्रमुख चुनौती हो ।
बिकासको प्रमुख चुनौती असहमति हो भने सबै दलका बिचमा जिल्लाको दिर्घकालिन बिकासका लागि साझा एजेण्डा तय गर्न सकिन्न?
साझा एजेण्डा खोज्न सकिन्छ, नसकिने होइन , बेला बेलामा बसेर साझा एजेण्डा पनि तयार गर्छौ । हामीका बिद्युतको समस्या छैन, उद्योग धन्दा कलकारखाना खोल्नका लागि बिद्युतको समस्या हुँदैन , जिल्लामा ठुला उद्योगको संभावना नभएकाले घरेलु उद्योगको बिकास गर्नुपर्छ, पर्यटन यो जिल्लाको प्रमुख संभावना हो भन्ने कुरामा पनि हाम्रा बिचमा सहमति छ । जब यसलाई बजेट छुट्याएर कार्यान्वयन गर्नुपर्छ भन्ने बेला आउँछ, कार्यान्वयनमा जाउँ भनेर छलफल हुन्छ त्यतिबेला फेरी असमझदारी देखिन्छ । जिल्ला परिषद हुन्छ, योजनाहरुको बाँडफाड गर्ने बेला हुन्छ अनि हामी फेरी झिना मसिना बिबादमा रुमलिन्छौ र जिल्लाको दिर्घकालिन बिकासका लागि कसरी अगाडी बढ्ने भनेर बिर्सन्छौ । जिल्ला परिषदले , दलहरुले हाम्रो लगानी गर्ने ठाउँ यही हो, हाम्रो सम्बृद्धिको आधार यही हो भनेपछि साँसदहरुले पनि बजेट बिनियोजन गर्न सहज हुन्छ । हामीले हाम्रो सम्बृद्धिको आधार के हो भन्ने कुरामा सहमत हुन्छौ तर कार्यान्वयन गर्ने बेलामा बाँडिन्छौ ।
तपाईको आँखाँमा जिल्लालाई सम्बृद्ध बनाउका लागि कुन कुन सडकहरुलाई प्राथमिकतामा राखेर जानुपर्छ होला ?
पहिला पनि हाम्रो यस बिषयमा छलफल भएको हो । कुस्माबाट उत्तर तर्फ हम्पाल जस्तो पर्यटकीय स्थल छ , त्यहाँ सम्म जाने बाटो जुन अत्यन्त महत्वपुर्ण छ, अहिले त्यहाँ ब्यबसायिक खेती र घरेलु उद्यमहरु बिकास भएका छन । यसैगरी सदरमुकामबाट आर्थर सम्म पुग्ने बाटो, डिमुवाबाट राम्जा पुग्ने, दोबिल्ला हुँदै ठुलीपोखरी कार्किनेटा पुग्ने बाटो, कालीगण्डकीको किनारैकिनार बनाउने, फलेबास हुँदै लुंखु हुवास जोड्ने बाटो, बालिङ्ग जोड्ने बाटोहरु जिल्लाको सम्बृद्धिका लागि आवश्यक छन भन्ने कुरामा दुईमत छैन । तर यस्ता योजनाहरुमा बजेट छुट्याउँ भन्दा बिमति हुने गरेको छ। हामी जनताहरुमा पनि मेरो घर सम्म पुग्ने बाटो भन्दा जिल्लाको सम्बृद्धिको लागि महत्पुर्ण सडकहरुमा बजेट बिनियोजनमा ध्यान दिउँ भन्ने कुरा भुल्छौ । उत्तर दक्षिणमा गरेर ४, ५ वटा बाटोलाई राम्रो संग स्तरउन्नती गरेर, प्राथमिकतामा राखेर जाने हो भने हाम्रो सम्बृद्धिको आधार तय हुन सक्छ ।
तपाई १७ बर्ष जनप्रतिनिधी भएर बिताउँदा काम गर्दा जिल्लामा के के परिर्वतन भए ?
सम्बृद्धि त एक जनाले गरेर हुने पनि कुरा होइन, मैले नै गरे भनेर भन्न पनि चाहन्न । तर म जनप्रतिनिधी भएर बिचमा सरकारको पनि ध्यान गए होला, म जनप्रतिनिधी भएर पनि काम गरे । म २०५६ सालमा चुनाब लडेर जनप्रतिनिधी भएर जाँदा धेरै ठाउँमा मोटरबाटो थिएन, बत्ती नबलेका गाउँहरु नै धेरै थिए, ठुलाठुला सिंचाई योजनाहरु कार्यान्वयन हुन सकेका थिएनन । यो बिचमा सरकारको पनि ध्यान गयो होला, म जनप्रतिनिधी भएर आएपछि सबैभन्दा ठुलो मल्लाज सिंचाई योजना सम्पन्न भएको छ । म दाबाका साथ भन्छु धेरै बिकास निर्माणका कामहरु मेरे पहलमा भएका छन । म चुनाबमा जाने बेला बोलेर पनि आएको थिए अर्को चुनाबमा आउँदा बाटो आएको हुनेछ, बिजुली बाल्नेछु भनेर र ती पुरा पनि गरेको छु । लेखफाँट जाने बाटो जनताले कल्पना पनि गरेका थिएनन यहाँ बाटो आउँछ भनेर तर बाटो आयो । कुस्माबाट नजिकै बिजुली नबल्दा भूकमा मैले बिजुली बालिदिए । पाङ्ग खुर्कोटमा पनि बाटो पु¥याए । खानेपानीको कुरा गर्नुहुन्छ भने हरेक साल ५ र ६ वटा केन्द्रिय योजना पारेको छु , अहिले जिल्लामा खानेपानीका नयाँ योजनाको आवश्यकता नै छैन भनेर भन्ने अवस्था छ । क्षेत्र नं १ मा मात्रै होइन, क्षेत्र नं २ मा पनि यस्ता योजनाहरु कयौ बनेका छन । जिल्लामा ९० प्रतिशत भन्दा माथि खानेपानीको पहुँच पुगेको छ। क्षेत्र नं २ मा पनि कही खानेपानी, योजना, कहि सिंचाई, कही बाटो पु¥याउने काम गरेको छु । म जनप्रतिनिधी हुनुभन्दा पहिले केही नभएको ठाउँमा अहिले धेरै भएको छ, सडक नपुगेको ठाउँमा ट्रयाक पुगेको छ, ट्रयाक खुलेको ठाउँमा ग्राभेल हुँदैछ । बिकासको पुर्बाधार सबै खडा भएका छन । पर्वतका सबै ठाउँमा बत्ती बलेका छन, सडक पुगेका छन भन्दा काठमाण्डौका मान्छे पनि छक्क पर्छन । यी सबै काम मैले मात्रै गरे भन्दा पनि एउटा जनप्रतिनिधीका हैसियतले इमान्दारिताका साथ बढी भन्दा बढी बजेट पार्ने काम गरेको छु । मैले बजेट पारेको देख्दा छिमेकी जिल्लाका माननीयहरुले पनि डाहा गर्छन ।
चुनाबमुखी योजना धेरै बनाउनुभयो, दिर्घकालिन महत्व राख्ने, सय बर्ष पछि पनि जनताले सम्झने योजनाहरुमा ध्यान दिनुभएन भन्ने आरोप लगाउँछन नी तपाईलाई, जस्तो कालीगण्डकी लोकमार्गका लागि तपाईले ध्यान दिएको भए पहिले नै धेरै हुन सक्थ्यो भन्छन नी जानकारहरु ?
मैले एक पटक जिल्ला परिषदमा सुने खै यो जिल्लामा राष्ट्रिय गौरबका योजना, जनप्रतिनिधी भएकाले खै काम गरेको भनियो पनि । राष्ट्रिय गौरबका योजनाहरु त्यसै हुने होइन, यो जिल्लामा कुन हुन सक्छ त राष्ट्रिय गौरबका योजनाहरु ? कुनै एउटा गाउँलाई पर्यटकीय बनाएर राष्ट्रिय गौरबको योजना हुने त होइन । राष्ट्रकै गौरबका योजनाहरु हामी कहाँ छन भन्ने मलाई लाग्छ छैनन , हामीले यसमा पछुतो मान्नुपर्ने अवस्था पनि छैन । हामी कहाँ ४ सय वा ८ सय मेघावाटका बुढीगण्डकी, पश्चिमसेती जस्ता बिद्युत आयोजना छैनन , त्यसैले राष्ट्रिय गौरबका योजनाहरु सुचिकृत भएका योजनामा बजेट आएन भन्नुपर्ने अवस्था पनि छैन । जहाँ सम्म कालीगण्डकी लोकमार्गको कुरा गर्नुभयो, म दाबीका साथ, चुनौतीका साथ भन्छु यो योजना मैले ल्याएको हुँ । जतिबेला संसद पुर्नस्थापना पछि प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला हुनुहुन्थ्यो, अर्थमन्त्री रामशरण महत हुनुहुन्थ्यो त्यतिबेला मेरो नेतृत्वमा यस भेगका साँसदहरु गएर यो उत्तर दक्षिण जोड्ने योजना बनाउनुपर्छ भनेर भनेका हौ । यो बाटोलाई त्यतिबेला ४० लाख रुपैया रातोकिताबमा राखेर काम शुरु भएको हो । पछि संसद भंग हुने, अस्थिर हुने अवस्था आएपछि योजना आयोगमा र सरकारमा फरक फरक मान्छे आउँदा कहिले यता हुने कहिले कालीगण्डकी पारि लैजाने काम भएको हो । खिलराज रेग्मी मन्त्रीपरिषदको अध्यक्ष हुँदा लोकमार्गलाई पाल्पाबाट पारिपारि लैजाने नियत देखिएपछि यता ल्याउने संभावना देखिएन र तत्कालिन योजना आयोगका सहसचिब हाल सचिब(गोपीनाथ मैनाली)को सुझाबका आधारमा त्यो योजनालाई छुट्टाएर यता ल्याउने काम भएको हो । अहिले पनि यो योजनामा बजेटको अभाब कत्ति पनि छैन , ठेकेदारले काम नगरेका कारण समस्या भएको हो, बजेटका कारण समस्या छैन । कसैले मैले धेरै बजेट ल्याँए भनेर घमण्ड नगर्दा हुन्छ, कसैले पहल गरेन भनेर नभन्दा हुन्छ । यो हामी सबैको पहल र प्रयत्नबाट भएको हो । खाली ठेकेदारले काम नगर्दा समस्या देखिएको मात्रै हो ।
त्यसो भए यो लोकमार्गलाई पुरा गर्न अब के गर्नुपर्छ ?
अब सार्वजनिक खरिद ऐनमा नै संशोधन गर्नुपर्छ । ठेकेदारले कम मुल्यमा टेण्डर बोल्ने, सम्झौता गरि पेस्की बुझ्ने र काम नगर्ने प्रबृत्ति हाबी छ । यो मात्रै होइन देशकै ठुलाठुला, सडक, बिद्युत, सिंचाई योजना देखि साना साना योजनाहरुमा पनि यो समस्या हाबी छ । नाफा हुने देखेमा काम गर्ने र घाटा हुने देखेपछि काम छाडेर भाग्ने प्रबृत्ति हाबी छ । कालीगण्डकी लोकमार्गमा पनि यही समस्या भएको हो । सार्वजनिक खरिद ऐनको कम्जोरीको फाइदा ठेकेदारले लिन नसकोस भनेर ध्यान दिन जरुरी छ । यसका लागि अरु केही उपाय छैन सरकारले कार्यबिधीलाई नै संशोधन गरेर नै समस्याको निकास निकाल्नुपर्छ ।
यो बर्षको साँसद बिकास कोषका योजना बाँडफाँड गर्ने समय आयो, कसरी बिनियोजन गर्दै हुनुहुन्छ ?
तपाईहरुबाट पनि धेरै पटक समाचार सुझाब आएका छन, टुक्रे योजनाहरु धेरै भए, ठुला योजनामा रकम खर्च हुन सकेन, योजनाहरु अधुरा भए भनेर । खुद्रे योजनामा बजेट बिनियोजन नभए हुन्थ्यो भन्ने टिप्पणी स्वभाबिक पनि हो । अहिले कार्यबिधी पनि संशोधन भएको छ एउटा योजना ४० लाख भन्दा कमको बनाउन नपाईने ब्यबस्था भएको छ, त्यसले एउटा देखिने काम होला । तर जनप्रतिनिधीलाई गाउँगाउँबाट बढी दबाब हुन्छ । एउटा गाउँमा खानेपानी, सिंचाई, शिक्षा, सडकमा बजेट चाहिएको छ, पहिले केही काम गरे अब सुधार गर्नका लागि आफ्नो जनप्रतिनिधी संग बजेट माग गर्ने नै भए । कार्यबिधीले १० लाख भन्दा कमको योजना नबनाउन भनेको छ , एउटा बिद्यालयमा २ लाखले मर्मत हुन्छ भने दिनुपर्छ तर कार्यबिधीले रोक्नेभएपछि त्यस्तै खालका ५ वटा योजना मिलाएर बजेट छुट्याउनुपर्ने अवस्था छ । तर सबैको सुझाबलाई समेटेर योजना बनाउने प्रयास भएको छ यसले टुक्रे योजना कम होला पनि । टुक्रे योजना भन्दाभन्दै पनि बजेट छुट्याउनुपर्छ । कार्यबिधी उल्लंघन भएपनि बजेट सदुपयोग भएको छ वा छैन , गएको पैसा उपयोग भएको छ छैन भनेर हेर्न आवश्यक छ । मुल रुपमा कसरी बितरण भयो भन्दा पनि योजनाको उपयोगिता कति छ, दुरुपयोग भयो भनेर भनेर हेर्न आवश्यक छ, बरु अनुगमनको पाटोलाई प्रभावकारी बनाउन जरुरी छ। 
साना साना योजना बनाउँदा कार्यकर्ताले अनियमितता गरिदिने, अनि त्यसको दोष तपाईहरुको थाप्लोमा गएको हो ?
मुल कुरा साना र टुक्रे योजना बनाएको दोष हामी जनप्रतिनिधीले लिनुपर्छ । तर दुरुपयोग त हामीलाई थाहा हुँदैन । हामी साँसद र यसको एउटा समिति छ, त्यससंग बसेर योजनाहरु छनौट गर्छौ, योजना छनौट भएको दिन देखि हाम्रो सहभागिता हुँदैन । त्यसपछि त्यसको लगत इस्टिमेट तयार गर्ने, समिति गठन गर्ने, काम गराउने, मुल्याँकन गर्ने तथा भुक्तानी दिने सबै काम जिल्ला बिकास समिति र त्यहाँका प्राबिधीकहरुबाट हुन्छ । काम भएको छ भने भुक्तानी दिने हो, काम नभए भुक्तानी रोकिन्छ । काम नभएको बजेट फ्रिज हुन्छ । यो प्रकृयामा हाम्रो दोष हुँदैन, यस बिषयमा पत्रकारहरु संग बसेर पनि कसरी बितरण गर्ने भनेर छलफल गर्ने योजना बनाएको छु । बजेट बिनियोजनमा हाम्रो हात हुन्छ, त्यसपछि हाम्रो कुनै हात हुँदैन र त्यसको जस अपजसको भागिदार पनि हामीलाई बनाइनुहुन्न ।
तपाई पछिल्लो समयमा दुई नं निर्वाचन क्षेत्रमा बढी केन्द्रित हुनुहुन्छ, यो चुनाबी रणनिती हो भनेर बुझ्दा हुन्छ?
चुनाब त आएको छैन, चुनाब कहिले हुन्छ भन्ने कुराको ग्यारेण्टी छैन , यसले गर्दा अब चुनाब कहिले हुन्छ, कसरी हुन्छ भनेर स्पष्ट नभई सकेको अवस्थामा यसलाई चुनाब संग त जोड्न मिल्दैन होला । तर म दुई नं क्षेत्रमा जानुका पछाडी अरु नै कारण छन । मलाई जिल्लाको सभापति बनाउने क्रममा त्यस क्षेत्रका जनता र कार्यकर्ताको ठुलो भूमिका छन । क्षेत्र नं १ मा साँसद बनाउन जनताको भूमिका भए जस्तै क्षेत्र नं २ का जनताले लगाएको गुन तिर्नका लागि पनि मैले हरेक बर्ष सबै जसो गाबिसमा कुनै न कुनै योजनाहरु छुट्याउने गरेको छु । यो बिचमा दुई नम्बर बिकासका दृष्टिले पछाडी परेको छ । किन पछाडी पर्यो म भन्न चाहन्न, सबैले बुझेकै छन । मलाई पनि हिजो उहाँहरुले साथ दिनुभयो, मैले पनि केही गर्नुपर्छ भनेर गएको हो । तपाईले हेर्नुहोस १ र २ को बिकासमा आकाश जमिनको फरक छ । दुई नम्बरमा नघुमेको धेरै पनि भएको थियो, म जाँदा राजनैतिक जागरण, उत्साह पनि आउँछ भनेर गएको छु । एउटा गाउँलाई एउटा योजना दिने योजनाका साथ गएको हो ।

जनप्रतिनिधीको रुपमा कति सफल भए भन्ने लाग्छ, जनताले तपाईलाई के भनेर सम्झने त ?
मेरो त्यस्तो धेरै ठुलो महान रुपमा सम्झनुपर्छ भन्ने पनि छैन । सुन्यको अवस्थाबाट जिल्ला यो ठाउँमा आयो । मैले इतिहाँसले नै सम्झने गरि त्यस्तो केही गरेको हुँ जस्तो पनि लाग्दैन तर मैले जे गर्न सक्थे, जे गर्नुपथ्र्यो त्यो सबै इमान्दारिताका साथ गरेको छु । मैले दिनरात नभनी, भोक प्यास नभनी जिल्लाबासीको बिकासका लागि खटेको छु । मलाई सम्झने भन्दा पनि जनताका प्रति इमान्दारिताका साथ लाग्छ, खट्छ भनेर सम्झनेछन । साँच्चिकै अर्जुन जोशी लाग्यो भने गर्न पनि सक्छ भन्ने गरेको सुन्छु। जिल्लाको बिकासका लागि खट्ने मान्छेको रुपमा सम्झीदिएपुग्छ ।

(Newsdabali.com)