Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1529




पर्वतको शालिजालाई देश विदेशमा चिनाउने गित
पर्वतको शालिजालाई देश विदेशमा चिनाउने गित


रोशन तिवारी फागुन ५ पर्वत । कृषि, पशुपालन र प्राकृतिक रुपले चर्चामा रहेको पर्वतको शालिजालाई गित मार्फत चिनाइएको छ । संघीय राज्यको संरचना संगै जलजला गाउँपालिका ६ मा समाबेश भएको शालिजालाई देश विदेशमा चिनाउन हाम्रो शालिजा गाविस नामक गित निर्माण गरिएको हो । 

शालिजामा पातलखर्क, दशतारे, शहरे, ठेटनेरी, भोटेडाँडा, ओख्रेनी,दिपगाउँ जस्ता प्राकृतिक सम्पदाले सजिएका वस्ती रहेका छन् । साविकका ९ वटै वडाका विशेषता गितमा समाबेश भएका छन् । मौसम अनुसार काफल पाक्दा चरीको कुहुकुहु गर्दै गाउँको नाम वोलाएर वोलाउने गरेको गितका शव्दमा सुन्न पाईन्छ । रंगीचङगी गुराँस फुल्दा जगमगाउने हम्पालको लेक तथा गाउँका पर्यटकिय संभावना वोकेका क्षेत्रहरु भिडियोमा देखाइएको छ ।


त्यहाँको वनमा प्रसस्त जडिबुटिहरु पाईन्छ । जंगलमा पाईने जडिबुटिहरुको प्रसोधन समेत भएको छ । जंगलमा पाईने लोक्तावाट कागज वनाउने उद्योग गाउँमै रहेको छ । यि कुराहरु पनि गितको शव्दमा उनिएको छ ।  

कृषिको लागि शालिजा उर्वर ठाउँ हो । यहाँका खेतवारीमा आलु फापर,जौ, अन्य तरकारी फलाएर कृषकहरुले राम्रो आम्दानी गर्दै आएका छन् । शालिजाको कृषिको वारेमा पनि गितले वोलेको छ । लोकलयमा आधारित गितमा स्थानीय पोशाकमा नृत्य प्रस्तुत गरिएको छ ।

लुङ्गदीखोलाको शिरमा रहेको शालिजावाट माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण हिमाल देख्न सकिन्छ । भिरालो जमिन, वनजंगलको मनोरम दृश्य, जातिगत विशेषता, नजिकै रहेका गाउँको दृश्यपान गर्न सकिने शालिजा पर्यटन प्रवर्दन गर्न सकिने संभावना वोकेको गाउँ हो । मौलिक कलाको रुपमा सोरेठी, झ्याउरे, सालेजोको खानी पनि हो शालिजा । मगर समुदाय समेत वसोवास गर्ने शालिजा लोकसंस्कृतिमा धनी रहेको छ ।

हाम्रो शालिजा गाविस वोलको गितमा रजनी रिदम राईको स्वर रहेको छ । लक्ष्मी पुर्जा, ईन्द्रमान खोर्जा, जि पुनको शव्द रहेको यो गितमा जि पुनले संगीत भरेका छन् भने म्युजिक कम्पोज स्यामसुङ तामाङले गरेका हुन् । डिजिटल काठमाण्डौ स्टुडियोमा रेकडए भएको यो गितको भिडियो डिका गुरुङको निर्देशन रहेको छ । क्यामेरा म्यान सुरेश घिसिङले भिडियो रेकर्ड गरेको गितमा कोरियोग्राफी राजेन्द्र गुरुले गर्नुभएको छ । दिलु,गंगा, यमुना, वविताले गितको भिडियोमा नृत्य गरेका छन् । शालिजा गाउँ विकास समिति युकेले गितको प्रवर्दन गरेको छ ।

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( मनोरंजन)