आर्थरडाँडाखर्कमा शुरु भयो खेलकुद र साँस्कृतिक कार्यक्रम
    3 months ago     94
आर्थरडाँडाखर्कमा शुरु भयो खेलकुद र साँस्कृतिक कार्यक्रम

रोशन तिवारी माघ १४ पर्वत - स्थानीय स्तरका खेलाडीको खेल मोहलाई उजागर गर्न र आर्थरको पहिचानलाई प्रचार गर्ने उदेश्यले खेलकुद तथा साँस्कृति कार्यक्रम शुरु भएको छ । शनिवार देखि आर्थरडाँडाखर्क युवा क्लव कुश्मा नगरपालीका १४ को अयोजनामा कार्यक्रम शुरु भएको हो । 


माघ १५ गतेसम्म कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । कुश्मानगरपालीकाका उपप्रमुख सिता काफ्ले लामिछानेले कार्यक्रमको उद्घाटन गर्नुभयो । खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै लामिछानेले गाउँ गाउँमा खेलकुद मैदानको अभाव र यूवाहरुको पलायनले खेलकुद आझेलमा परेको वताउनुभयो । समस्यालाई समाधान गरेर गाउँ गाउँमा खेलकुदका गतिविधि सञ्चालन गर्न नगरपालीकाले सक्दो सहयोग गर्ने उहाँले वताउनुभएको छ । 


लामिछानेले खेलकुदले मात्रै युवाहरुको शाररिक र मानसिक विकास हुने बताउनुभयो । युवा भविष्यका कर्णधार रहेकाले उनीहरुको उर्जालाई राज्यले सम्बोधन गर्नुपर्ने नगर उपप्रमुख लामिछाने वताउनुभएको छ। 


उक्त कार्यक्रममा कुश्मानगरपालीका १४ आर्थरडाँडाखर्कका वडाध्यक्ष भिमप्रसाद गुरुङ,कुश्मा नगरपालीका ४ की वडाध्यक्ष मिना कर्माचार्य, नेपाली काँग्रेसका कुश्मा नगरपालीका  १४ आर्थरका सभापति रुद्रमोहन रिमाल, आर्थरडाँडाखर्क युवा क्लवका सल्लाहकार मान वहादुर क्षेत्री,पञ्चकोसी मावि आर्थरका प्रअ अर्जुन पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 


प्रतियोगितामा १८ टिमको सहभागिता रहने छ भने कार्यक्रम यही माघ १५ गते सम्म संचालन हुनेछ । आर्थरडाँडाखर्क युवा क्लवका अध्यक्ष केशु गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सुरेश गुरुङले गर्नुभएको थियो भने क्लवका सहसचिव शरण बि.क ले स्वागत मन्तव्य राख्नुभएको थियो । पञ्चासेको काखमा रहेको आर्थरको प्रचार गर्न खेलकुद र साँस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले दावी गरेका छन् ।