जनताले प्रश्न सोध्न नपर्ने गरि काम गर्छु ः गिरी
    4 months ago     126
जनताले प्रश्न सोध्न नपर्ने गरि काम गर्छु ः गिरी



पर्वतवाट प्रतिनिधी सभाको प्रतिनिधीको रुपमा पदम गिरी संसदमा पुगेका छन् । सपथ ग्रहण नहुँदा साँसदहरु अलमलमै छन् । प्रतिनीधी सभाका साँसद गिरी संग पर्वतका जनताको ठुलो आशा र भरोसा रहेको छ । जनताले चुनेर पठाएका साँसद पदम गिरीका योजना र जनताका प्रश्नका वारेमा हाम्रा संवाददाता रोशन तिवारीले कुराकानी गरेका छन् । 

जनमतको कदर कसरी गर्नुहुन्छ ? 

जनताले पर्वतमा विकासको मुल फुटोस भन्ने चाहान्छन् । मैले जनतालाई जुन सपना वाँडे जनताले त्यहि सपना पुरा होस भनेर मलाई अत्यधिक मतले जिताएका हुन भन्ने मलाई लाग्छ । हामी अव पुराना पाराले चल्न सक्दैनौ र जनता पनि अव परिवर्तन चाहान्छन् । हामी अहिले वाम एकता गरेर जनताको मत पाएर आएका छौँ । जनताको मत अव स्थिर सरकारका लागि पनि हो भन्ने मलाई राम्रो संग थाहा छ । हामी हिजोका दिनमा पर्वतमा नभएका काम अव पाँच वर्षमा गरेर देखाउने ठुलो चुनौती लिएर आएका छौँ र जनताको मत समृद्धि फिर्ता लिने एउटा पैँचो हो भन्ने मैले वुझेको छु । 

तपाईँले जिल्लालाई दिने प्राथमिक योजना के हो ?  

चुनावका वेला जनताको दैलोमा जाँदै नै मैले भनेको छु कि मैले अवको पाँच वर्षमा पर्वतका सबै ६१ वडामा पक्कि वाटो जान्छ । अव सदरमुकाम वाट सबै गाउँमा जाने पक्कि वाटो वन्छ । हामीले पर्वतका यूवाहरुलाई रोजगार दिनुपर्छ भनेर यहाँको कालीगण्डकी र मोदीमा थप हाईड्रो सञ्चालन गर्ने छौँ । सबैको घरमा खानेपानीको पहुँच पुग्नेछ । सबै विद्यालयमा गुणस्तर शिक्षा, यहाँको पर्यटन विकास,कृषिको आधुनिकिकरण जस्ता विषय मेरा प्राथमिक योजना हुन् । 

तपाईका पछाडी चुनौतीका पहाड पनि छन नि ?

हो चुनौतीको पहाड मेरा अगाडी छन नै । फेरि पनि समस्यालाई समसया मानेर मात्र हामीले सुख लिन खोज्नुहुन्न । अव हामी काठमाण्डौमा गएर ऐस आराम गर्नुहुन्न । हामी काम गर्न खोज्ने हो भने चुनौतीले कुनै वाधा दिँदैन । मान्छेको इृच्छाशक्ति हुने हो भने जे पनि गर्न सकिन्छ । हामीकहाँ जति चुनौती तपाईले दर्शाउनुभएको छ त्यति संभावना पनि छन् । कालीगण्डकी लोकमार्ग र मध्यपहाडी लोकमार्ग हाम्रै जिल्लावाट वारपार हुँदै छ । हामी संग मोदीमा त्यत्रा जलविद्यु्त आयोजना छन् । हामी संग नेपालकै अग्ला पुल छन् । प्राकृतिक रुपमा भन्ने हो भने अथाह संभवना छ । त्यसैले चुनौती नभएका हैनन तर संभावना पनि छन् । हामीले स्रोतको समुचित प्रयोग गर्ने आँट लिने हो भने चुनौती मैले त्यति धेरै छन् भन्ने सोचेको छैन । 

पर्वतमा तपाईका आँखाले देखेका जनताका समस्या के के हुन् ?

जनता अझै गरिव छन्, यूवाहरु विदेशमा पसिना वगाउन वाध्य छन् ,छोरा विदेशमा छन् वुहारी वच्चा वोकेर सदरमुकाम झरिरहेका छन् । गाउँमा धुले सडक छ । वाह्रैमास गाडी नचल्दा समस्या छ । गाउँमा उत्पादन हुने तरकारी ठुलो वजारमा जाँदैन । विरामी हुँदा पोखरा पुग्नुको विकल्प छैन । शिक्षा, स्वास्थ्य, सिचाई, खानेपानी जस्ता समस्या पनि विकराल नै छ । 

साँसदहरुले वोलेका कुरा पुरा हुन्छन भन्ने आधार के छ ?  

हामी वोलेर हैन अव गरेर देखाउँछौँ । मैले कतिपय कुरा यहाँलाइृ भनिसके । फेरि पनि दोहोराएर के भन्छु भने हामीले घोषणापत्र सुरक्षित राख्नुहोस घोषणापत्रमा उल्लेख गरेका कुरा पुरा गरनौँ भने हामी फेरि भोट माग्न आउँदैनौँ । म विगतका साँसदले के गरे भन्ने तर्फ जान चाहान्न । जनताले अव कुनै प्रश्न सोध्न नपर्ने गरि काम गरेर देखाउँछौँ । वोलेका कुरा मात्रै हैन जनताले सोचेका काम पनि हामी गरेर देखाउँछौँ । 

तपाई एमालेको प्रतिनिधित्व गर्दै विजयी हुनुभएको छ अरु दललाई चित्त वुझाउन सक्नुहुन्छ ?

महत्वपूर्ण कुरा सोध्नुभयो । यस विषयमा अडानका साथ म एमाले, माओबादीको मात्रै हैन काँग्रेस, राप्रपा, जनमोर्चा सबै दलका मतदाताको मत पाएर विजयी भएको हो । हामी एक पार्टिको टिकट ल्याएर चुनाव लड्यौँ । तर अव म कुनै पार्टिको होईन जनताको प्रतिनिधी भएको छु । म अव एमालेको मात्रै हैन काँग्रेसको पनि हुँ, माओबादी र राप्रपा एवं सबै दलको प्रतिनिधी हुँ । मैले काम गर्दा मेरो काम गराईमा कसैलाई पनि राजनीतिको आँखाले हेर्ने छैन । हेर्दै जानुहोला मैले पार्टिको कुनै गुन्जायस महसुस नहुने गरि काम गर्नेछु । 

अन्तमा के भन्न चाहानुहुन्छ ?

यहाँलाई सर्वप्रथम धन्यावाद दिन चाहान्छु । त्यसपछि मलाई विजयी गराउने जनतालाई वधाई र धन्यवाद दिन चाहान्छु । सबै देश विदेशमा रहेका पर्वतवासीहरुलाई मैले सहकार्य गर्न आग्रह् गर्छु । म एक्लैले मात्रै केहि गर्न सक्दिन सबैको साथ सहयोग, सल्लाह, सुझाव र सहयोग भयो भने हामी समृद्ध पर्वत वनाउन सक्छौँ । पर्वतको समस्या वोकेर संसद छिर्दै गर्दा मैले कहिल्यैपनि व्यक्तिगत हित नभएर जनताको हितमा काम गर्नेछु भन्ने विश्वास दिलाउन चाहान्छु । 



सम्बन्धित समाचार ( अन्तर्वार्ता)