Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 week ago

438




कोरोनाको उच्च जोखिमबाट बच्न जलजलाको नयाँ सुरक्षा रणनीति
कोरोनाको उच्च जोखिमबाट बच्न  जलजलाको  नयाँ सुरक्षा रणनीति

जेठ ५, पर्वत । जलजला गाउँकार्यपालिकाले कोरोना भाईरस अर्थात कोभिड(19) को महामारीबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न नयाँ रणनीतिक योजना अघि सारेको छ ।


गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले कोरोनाको उच्च जोखिमबाट सतर्क रहन सबै गाउँपालिकाबासीमा आग्रह गरेको छ भने बैठकले गाउँपालिकाका ११ वटा नाकामा दुईजनाको दरले २२ जना स्वयंसेवक परिचालन गर्ने निर्णय समेत गरेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले जानकारी दिनुभयो ।


बैठकले देश तथा विदेशका जुनसुकै ठाउँबाट गाउँपालिकामा भित्रिने व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । बैठकले मोहनचोक(माझफाँट(लेकफाँट सडक, मिलनचोक( लेकफाँट(शालिजा सडक, मिलनचोक(धाइरिङ सडक, लस्ती(धाइरिङ सडक, बनौ भित्रिने सडक, फर्से(नाङ्लीवाङ् सडक, खनियाघाट(नाङ्लीवाङ् सडक र दमुवाखोला(नाङ्लीवाङ् सडकका मूख्य नाकाहरूमा स्वयंसेवक परिचालन गर्ने निर्णय हो ।


यसरी परिचालन गरिएका स्वयंसेवकहरूलाई वडा कार्यालयबाट संचार र खानाखर्च वापत दिनको पाँचसयका दरले पारिश्रमिक दिने निर्णय समेत भएको अध्यक्ष मल्लले वताउनु भयो । त्यसैगरी निर्णय कार्यान्वयन भएरनभएको निगरानी गर्न गाउँपालिका भित्रका कटुवाललाई परिचालन गर्ने र उनीहरूलाई प्रोत्साहन स्वरुप एकमहिनाको पाँचहजार रूपैयाँ सहयोग गर्ने निर्णय भएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।


यसैगरी आइतवारकै कार्यपालिकाको बैठकले गाउँपालिकाबाट संचालित काम कार्वाहीका बिषयमा सामाजिक सञ्जालमार्फत भ्रामक र आधारहीन टिका टिप्पणी गर्ने व्यक्तिहरूको पहिचान गरि साइबर कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने समेत निर्णय गरेको वताइएको छ ।


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)