Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 years ago

1260




मनकारी अध्यक्ष : व्यक्तिगत खर्चमा जिल्लाका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
मनकारी अध्यक्ष : व्यक्तिगत खर्चमा जिल्लाका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

बैशाख २९, पर्वत । जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल ९रामकृष्ण०ले कोरोना भाईरस विरूद्धको अभियानमा हातेमालो गर्दै जिल्लाका सातै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लले आफ्नो व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री खरिद गरि विभिन्न स्थानीय तहका प्रमुखहरूलाई वितरण गर्नुभएको हो ।

अध्यक्ष मल्लले तापक्रम नाप्ने थम्रोग्राफ, मास्क, सेनिटाईजर र ग्लोब्स लगायतका सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । उहाँले शनिबार फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा र विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाललाई ती सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो भने अन्य नगरपालिका तथा गाउँपालिकामा पनि पुगेर स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्ने अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

समग्र विश्व समुदाय कोरोना भाईरस अर्थात कोभिड(१९ को महामारीबाट आक्रान्त भएको वेला अध्यक्ष मल्लले देखाएको मानवीय भावना प्रशंसनीय भएको जनप्रतिनिधिहरूले वताएका छन् । अध्यक्ष मल्लले शुरूवाती चरणबाटै कोरोना भाईरस विरूद्धको अभियानमा आफूलाई समर्पित गर्दै आउनुभएको छ । उहाँले राहत तथा स्वास्थ्य सामग्री र सबारी व्यवस्थापनमा व्यक्तिगत रुपमै पाँच लाख भन्दा बढिको आर्थिक योगदान गरिसक्नुभएको छ ।

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)