Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

136




जलजलाका किसानले उत्पादन गरेको तरकारी कुश्मालाई सहयोग, गाउँपालिका अध्यक्ष मल्लले दिए ब्यक्तिगत ३० हजार
जलजलाका किसानले उत्पादन गरेको तरकारी कुश्मालाई सहयोग, गाउँपालिका अध्यक्ष मल्लले दिए ब्यक्तिगत ३० हजार

चैत्र २८, पर्वत । जलजला गाउँपालिकाले कुश्मा नगरपालिकाभित्रका बिपन्न परिवारलाई बितरण गर्नेगरी तरकारी हस्तान्तरण गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ६ शालिजाको सुवेदी कृषि फार्म र सापकोटा कृषि फार्मले उत्पादन गरी सहयोग गरेको तरकारी गाउँपालिकाले ढुवानी खर्च ब्यहोरेर कुश्मा नगरपालिकाका बिपन्न परिवारलाई बितरण गर्नेगरी कुश्मा नगरपालिकाको खाद्य सामाग्री बैंकलाई हस्तान्तरण गरेको हो । उक्त तरकारी कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल  (रामकृष्ण) ले हस्तान्तरण गरेका हुन ।


अध्यक्ष मल्लका अनुसार बिहिबार आठ सय केजी तरकारी कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको हो । सुबेदी र सापकोटा कृषि फार्मले उत्पादन गरेको बन्दा, साग, धनियासहितको तरकारी प्रदान गरेको मल्लले जानकारी दिए । शालिजादेखि कुश्मासम्म ल्याउनका लागि ढुवानी खर्च जलजला गाउँपालिकाले ब्यहोरेको थियो । लकडाउनको अवधिमा गरिब र बिपन्न परिवारलाई तरकारीजस्तो सामान्य कुरा पनि किन्नका लागि आर्थिक अभाव हुने भएकोले थोरै भएपनि हस्तान्तरणले उनीहरुका लागि ठुलो राहत मिल्ने अध्यक्ष मल्लले बताए । उनले अझै थप तरकारी बितरण गर्ने योजना रहेको पनि मल्लले जानकारी दिए ।


यसैगरी जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) ले कुश्मा नगरपालिकाको राहत कोषमा ब्यक्तिगत रुपमा ३० हजार रुपैयाँ नगद प्रदान गरेको छन् । उक्त रकम बिहिबार ९आज० कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीलाई हस्तान्तरण गरेका थिए । मल्लले यसअघि ब्यक्तिगत रुपमा जलजला गाउँपालिकाले स्थापना गरेको राहत कोषमा दुई लाख र नेपाली काँग्रेस महाशिला गाउँपालिकाले स्थापना गरेको राहत कोषमा ब्यक्तिगत रुपमा नगद ३० हजार रुपैयाँ प्रदान गरिसकेका छन् ।

त्यस्तै आजै जलजला गाउँपालिकाले जलजला वडा नम्बर ३ का गरिब तथा बिपन्नलाई राहत बितरण गरेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष देबेन्द्रबहादुर भण्डारी ९रवि०ले जानकारी दिए ।

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)