Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1474




जलजला गाउँपालिकामा ३० लाखको विपद कोष स्थापना
जलजला गाउँपालिकामा ३० लाखको विपद कोष स्थापना

चैत्र २०, पर्वत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि पर्वतको जलजला गाउँपालिकामा आपतकालीन कोष खडा गरिएको  विहीवार सम्पन्न कार्यपालिकाको वैठकले रु ३० लाख रुपैयाको आपतकालीन कोष स्थापना गरेको हो वैठकले पालिका भित्र मजदुरी गरेर जिविको पार्जन गरि बस्ने श्रमिकहरुलाई राहत समेत दिने निर्णय भएको वैठकले गाउँपालिका स्थित मोहनचोकमा २० वटा बेडको क्वारेन्टाइन स्थापना गर्ने निर्णय समेत गरेको

 

राहत कोषमा गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण) ले बिहीवारै दुई लाख रुपैया नगद सहयोग गर्नुभएको उक्त रकम प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्नु भएको हो कार्यपालिकाले बिपद कोषमा राहत सामाग्री साथै नगद सहयोग गर्नका लागि आव्हान समेत गरेको सहयोगीहरुले गाउँपालिकामा सम्पर्क गर्न सक्ने बताउँदै पालिकाभित्र एकद्धार प्रणालीवाट राहत वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)