Correspondent, ParbatNepal
6 years ago
1407
चैत्र १८,
पर्वत । पर्वतको जलजला गाउँपालिकाकाले कोरोना संक्रमण फैलिन नदिनका लागि डिईन्फेक्सन
स्प्रे छर्किएको छ । गाउँपालिकाकाको मुख्य बजार क्षेत्र र राजमार्ग क्षेत्रमा बढि जोखिम
हुने भन्दै स्प्रे गरिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी
दिनुभयो । उहाँले जलजला प्रबेश गर्ने क्षेत्र कुश्मा नगरपालिकाको केहि ठाउँ हुँदै म्याग्दी
सदरमुकाम बेनी सम्म किटनाशक विषादी छर्किएको जानकारी दिनुभयो ।
मल्लका
अनुसार कुश्मा नगरपालिकाको अर्मादी, नयाँपुल, सहस्रधारा, मालढुँगा हुँदै जलजलाको खनियाँघाट,
फर्से, लस्ती, मोहनचोक, मिलनचोक, वारीबेनी, तल्लो बगरफाँट , उपल्लो बागरफाँट, वारीबेनी
लगायतका क्षेत्रमा स्प्रे गरिएको छ । गाउँपालिकामा १२ हजार लिटर पानीमा मिसाईएको डिईन्फेक्सन
स्प्रे छर्किएको हो ।
जिल्ला
अस्पताल पर्वत र बागलुङबाट खरिद गरिएको औषधी ल्याएर छर्किएको अध्यक्ष मल्लले जानकारी
दिनुभयो । स्प्रे छर्किएको सबै खर्च अध्यक्ष मल्ल आँफैले व्यहोर्नुभएको जानकारी दिनुभयो
। अहिले कोरोनाको त्रासमा जनताहरु रहेको र स्प्रे छर्किएपछि केहि मात्रामा भएपनि सुरक्षित
हुन सकिने भएकाले यो काम गरिएको उहाँले बताउनुभएको छ ।
गाउँपालिकाले राहात कोष खडा गरेर विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहात दिने कार्यक्रम पनि सार्वजनिक गरेको छ । कोषमा गाउँपालिकाको तर्फबाट अध्यक्ष, उपाध्यक्ष र सबै जनप्रतिनिधी, उद्योगी, व्यवसायी र सर्वसाधारणहरुले समेत रकम जम्मा गरि विपत्तीमा परेका बर्गलाई सहयोग गर्ने योजना रहेको मल्लले बताउनुभयो । अहिले महामारीको अवस्था रहेकाले सबैलाई कोषमा सहयोग गर्न र सचेतना जगाउने काममा लाग्न मल्लले सबैलाई आव्हान गर्नुभएको छ ।
