समृद्ध पर्वत नै हाम्रो चाहना हो
admin     3 weeks ago     104
समृद्ध पर्वत नै हाम्रो चाहना हो

पुरण गिरी अन्तराष्ट्रिय पर्वत समाजको अध्यक्ष हुन् । संसारभरि छरिएका पर्वतेलीहरुलाई संगठित गर्ने तथा समृद्ध पर्वतमा सहयोग गर्ने उद्धेश्यले यो संस्था स्थापना भएको हो । भर्खरै स्थापित संस्थाले आगामी दिनमा केके गर्दैछ भन्ने बारेमा विशन क्षेत्रीले गरेको अन्तर्वार्ताको संक्षिप्त अंश ः

तपाईं अन्तरास्ट्रिय पर्बत समाजको अध्यक्ष हुनुहुन्छ । खासमा यो संस्थाको उद्धेश्य र यसको कार्ययोजना केके हुन ?

म पर्वत समाजको अध्यक्षमा भर्खरै निर्वाचित भएको छु । खासमा यो संस्था नयाँ हुनाले त्यति ठुलो उद्धेश्य र योजना छैन् । हामी परिपक्व भईसकेका छैनौ । खासमा हाम्रो उद्धेश्य समृद्ध पर्वत बनाउने चाहना हो । विस्तारै समाजलाई सक्रिय बनाएर हामी कामहरु गर्नेछौँ । पर्वतको सेवामा निहित भएर लाग्ने र पर्वतको हरेक कोणबाट विकास गर्न यो संस्था लागिपर्नेछ ।

पर्बतको सेवा गर्न भनेर थुप्रै देशमा यस्ता संस्था गठन भएका छ्न र सहयोग पनि गरेका छन तर तिनीहरुको सहयोग प्रभावकारी देखिएन किन होला ?

पर्वतको सेवा गर्न यस्ता संस्था हिजो पनि जन्मेका थिए भोलि पनि जन्मिन्छन् । तर हाम्रो यो संस्था तथा सञ्जाल हामी नै विस्तार गरेका हौँ । संसारभरि छरिएका पर्वतेलीहरुको श्रम सहि ठाउँमा सहि व्यक्ति सामु पुगोस भनेर संस्था विस्तार गरेका हौँ । फरक फरक देशले काम गर्दा कसैलाई दुई पटक त कसैलाई एकपटक पनि नपुग्ने भएको हुँदा हामीले यो अवधारणा ल्याएर समाज गठन गरेका हौँ । पर्वतेलीले जन्मस्थानको लागि आफ्नो पसिनाको कमाई सहयोग गर्दा पनि संगठित तरिकाले गरौँ भन्ने हाम्रो चाहना हो । एनआरएनले ग्लोबल सम्मेलन गरेपछि हामीले पनि बेल्जियममा धेरै कार्ययोजना ग¥यौँ । त्यसपश्चात काठमाण्डौमा एनआरएनएको सम्मेलनमा हामीले अन्तराष्ट्रिय पर्वत सेवा समाज गठन गरेका हौँ ।

यो संस्थाले पर्बतको मात्र हो कि अन्य देशको पनि ? यदि पर्वतको मात्र हो भने संस्थाले जिल्लामा के कस्ता काम गर्दैछ र त्यस्को श्रोत व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

यो संस्था पर्वत र पर्वतेलीको लागि मात्र हो । सहयोगी मनका धनी पर्वतेलीहरु जुन देशको जुन कुनामा बसेतापनि पर्वतलाई माया गर्ने धेरै हुनुहुन्छ । उहाँहरुको सहयोगपछि नै हामीले श्रोत व्यवस्थापन, च्यारिटी कार्यक्रम पनि गछौँ । हामीलाई कुनै संस्थाले बजेट दिँदैन् । पर्वतको लागि पर्वतेली‘ को सहयोग नै हाम्रो श्रोत र समृद्ध पर्वत अभियानको साधन पनि हो ।

काम भन्दा पनि चर्चामा आउनका लागि यस्ता संस्था गठन हुन्छन भन्ने अरोप छ, यसबारे के भन्न चाहनुहुन्छ ?

हामीले चर्चामै आउनका लागि मेहेनत गरेका होईनौँ । चर्चामै आउनको लागि संगठन बनाउन पर्छ जस्तो लाग्दैन । हामीलाई भोट माग्नुपर्ने जरुरी छैन, हामी भोट माग्नुपर्ने अवस्थामा छैनौ । हामीलाई सहयोग गर्नेहरुलाई हामीले प्रतिफल दिनु पनि छैन् । यो नितान्त सेवामुलक र संसारभरिका पर्वतेलीको साझा संस्था हो । यो सामाजिक संस्था हो । गैह्र पर्वतेलीहरुको गैह्र नाफामुलक संस्था हो । हामी सेवाभावले संस्था गठन गरेका हैनौँ । कसरी हुन्छ पर्वतको सेवा गर्ने हाम्रो लक्ष्य हो । पर्वतेलीको एकता पनि हाम्रो उद्धेश्य हो । विदेशमा रहेका पर्वतेलीबिच भाईचारा बढाउन र पर्वतलाई सहयोग गर्न सहयोग जुटाउने संस्थाको उद्धेश्य हो । यसमा अन्य कुनै तत्व मिसिएको छैन् ।

अन्तरास्ट्रिय संस्थाहरुले नै जिल्लालाइ नमुना पनि बनाउन सक्छन, पर्बतलाइ थप विकसित र नमुना जिल्ला बनाउन तपाइँको संस्थाका योजना केके छन ?

हामी २७ अक्टोबरमा बेल्जियममा अन्तराष्ट्रिय पर्वत समाजको भेला हुँदैछ । यसमा पर्वतबाहिरका २० देशका अन्य व्यक्तिहरु पनि आउनुहुन्छ । उक्त छलफलमा हामी भर्खर जन्मेको नयाँ संस्थाले योजना बनाउनेछौँ । सबै सहभागीहरुको सल्लाह सुझाव पछि समृद्ध पर्वत बनाउन के गर्ने, कसरी गर्ने लगायतका विषयमा निर्णय हुनेछ । संस्थाको उद्धेश्य अनुरुपको काम तथा पर्वतको शिक्षा, स्वास्थ्य तथा सरकारको नजर नपुगेका धेरै विषयमा सानो भएतापनि सहयोग गरौँ भन्ने चाहना हो । यसको लागि हामीले कार्यसमिति पनि बनाएका छौँ । एउटा कोष बनाएका छौँ र यसको व्यवस्थापनबारे पनि छलफल हुनेछ । पर्वतलाई नमुना जिल्ला बनाउनमा हामीले एकदमै सक्रियतापूर्वक लाग्नेछौँ । 

na