Author
Contributor, ParbatNepal
9 years ago
1916
बेलायत आउनुभएका दुई कलाकारको बिदाइ
लन्डन– बेलायत आउनुभएका दुई कलाकारको बिदाइ गरिएको छ ।
पर्वत वेल्फेयर सोसाइटी यूकेले लोक दोहोरी गायक यामबहादुर क्षेत्री तथा पर्वते गायिका गीता पाइजाको बिदाइ गरेको हो ।
सोसाइटीका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा भएको बिदाइ कार्यक्रमको सञ्चालन महासचिव भरत पौडेलल गर्नुभएको थियो भने कोषाध्यक्ष तथा मगर संघ यूकेका कोषाध्यक्ष नेत्र आले मगर, संस्थाका सल्लाहकार तथा एनआरएन यूरोप संयोजक कुल आचार्यले सम्मान तथा बिदाइ गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष आचार्य, महासचिव पौडेल र कोषाध्यक्ष आले मगरले मायाको चिनो प्रदान गर्नुभयो ।
कार्यक्रममा समाजसेवी चिरञ्जीवी ढकाल, कृष्ण भट्ट, कृष्ण तिमिल्सिनालगायतको उपस्थिति थियो ।
यसैबीच पर्वत वेल्फेयर सोसाइटी यूकेले परोपकारी परियोजना घोषणा गर्ने तयारी गरेको छ ।
सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)
