Author
ParbatNepal

Contributor, ParbatNepal

1 month ago

218




युकेमा रहेका समाजसेबी गुरुङको निधन, वेलफेयर सोसाईटी यूकेद्धारा दुख व्यक्त
युकेमा रहेका समाजसेबी गुरुङको निधन, वेलफेयर सोसाईटी यूकेद्धारा दुख व्यक्त

मंसिर २४ युके । फलेवास नगरपालिका वडा नं ८ स्थायी घर, हाल अल्डरसट बेलायतमा बस्दै आउनु भएका समाजसेवी एवं पर्वत वेलफेयर सोसाईटी यूकेका अभिभावक धनराज गुरुङको निधन भएको छ ।  निमोनियाबाट ग्रसित गुरुङको निधन भएको हो । 

गुरुङको निधनप्रति पर्वतेली संघसंस्थाले दुख व्यक्त गरेका छन् । पर्वत वेलफेयर सोसाईटी युकेले एक विज्ञप्ती प्रकाशित गरि गुरुङको निधनमा दुख व्यक्त गरेको हो । ९१ वर्षको उमेरमा उहाँको निधन भएको हो । वेलफेयर सोसाईटी यूकेका महासचिव प्रकाश न्यौपानेले विज्ञप्ती मार्फत गुरुङको निधनले संस्थालाई अपुरणीय क्षती भएको उल्लेख गरिएको छ । 

गुरुङको आत्म शान्तिको कामना गर्दै संस्थाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । यस्तै शोकाकुल परिवार, आफन्त तथा युकेमा रहेका पर्वतेलीहरुमा समबेदना व्यक्त गरिएको छ । 


सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)