
Contributor, ParbatNepal
5 months ago
323

पर्वत । पर्वत जिल्लामा जन्मिएर रोजगारीको शिलशिलामा नेदरल्याण्ड पुगेका पर्वतेहरुको साझा संस्था पर्वत समाज नेदरल्याण्डले मृगौलाको रोगवाट पीडितलाई आर्थिक सहयोग गरेको छ । लामो समयदेखी टाउको र गृगौलाको रोगले ग्रसित पर्वतको फलेवास नगरपालिका–२ थापाठाना स्थायी घर भई हाल कुश्मा नगरपालिका–५ मिलनचोक बस्दै आउनुका भएका गणेश श्रेष्ठको उपचार सहयोगार्थ समाजले ९५ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
आर्थिक अभावले चेपिएका श्रेष्ठ १२ बर्षदेखी मृगौलाको रोगको उपचार गदै आएका छन् । उपचारका लागि रकम अभाव भएको खवर सामजिक संजाल र विभिन्न संचारमाध्यममा प्रकाशित भएका थिए । पीडित श्रेष्ठको उपचारर्थ संकलित रकम आईतवार ‘गणेश बचाउ अभियान’ खातामा जम्मा गरिदिएको पर्वत समाज नेदरल्याण्डका अध्यक्ष नर रोकाले जानकारी दिनुभयो ।
प्रवासमा रहेपनि आफ्नो जिल्लाबासीहरुको दुःख सुखमा सहभागी हुन र सानो सहयाोगले विरामीको उपचारमा राहात पुगोस् भन्ने उद्देश्य सहित सहयोग गरेको रोकाले बताउनु भयो । मृगौलाको रोगवाट पीडित श्रेष्ठको स्वास्थ्यलाभको कामना गदै उनको उपचारका लागि आगामी दिनमा पनि सहयोग गर्ने बताउनु भयो । साथै उहाँले पर्वत समाज नेदरल्याण्डस्ले थालेको अभियानमा सहयोग पु¥याउने सम्पूर्ण नेदरल्याण्स् स्थित पर्वतवासी दाजुभाई दिदिबहिनी तथा समाजको तर्फवाट धन्यवाद दिनुभएको छ ।
‘गणेश बचाउ अभियान’मा नेदरल्याण्डस्वाट झलक श्रेष्ठ, नरबहादुर रोका, झलक जिसी, अमिर गुरुङ, रामप्रसाद रेग्मी, तेजबहादुर रोकाह, मनोहरी शर्मा, प्रेमकाजी गुरुङ, चन्द्र खत्री, भिमवहादुर रोका, नारायण शर्मा, बिष्णु पोख्रेल, फडिन्द्र बहादुर क्षत्री र रेणु कार्की लगायतका पर्वतवासीहरुले सहयोग गर्नुभएको थियो ।
उपचारका क्रममा ७५ लाख सकेका श्रेष्ठको उपचारका लागि थप रकम अभाव भएको छ । सहयोग गर्न चाहाने महानुभावहरुले एभेष्ट बैकको खाता नम्वर ०३०००५०१२०३००६ र एनआईसी बैकको खाता नम्वर ७९८७७०७५४५५२४००१ रकम जम्मा गर्न सक्नुहुन्छ ।