Contributor, ParbatNepal
6 years ago
1957
साजन परियार, कुश्मा । गैर आवासीय नेपाली संघ (एनआरएन) नेदरल्याण्डस्ले द्धन्द पीडित तथा अनाथ बालबालिकालाई सहयोग गर्ने भएको छ । सहयोगार्थ एनआरएन नेदरल्याण्डस्ले नेपाली चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शन गर्ने लागेको छ । संघले रोल्पामा अवस्थित द्धन्द पीडित, अनाथ, असहाय तथा गरिव बालबालिकाहरुका लागि आवास निर्माण गर्ने उद्देश्य राखेर चलचित्र प्रदर्शन गर्न लागेको संघका ठाकुरप्रसाद शर्मा (मनोहरी) ले जानकारी दिनुभयो ।
पछिल्लो समयमा निकै चासो र चर्चाका रुपमा रहेको चलचित्र ‘दाल भात तरकारी’लाई धेरै महत्वका साथ नेदरल्याण्डस्मा प्रर्दशन गर्न लागिएको संघका अध्यक्ष शर्मा बताउनु भयो । चलचित्र दाल भात तरकारी यहि मे १२ र १३ मा नेदरल्याण्ड्सको राजधानी आमस्ट्रडाममा प्रर्दशन गर्न लागिएको छ ।
पर्वत नेपाल अनलाईन सँग कुराकानी गदै शर्माले चलचित्रवाट जुटेको रकमले द्धन्दपीडित बालबालिकाका लागि आवास निर्माणमा खर्च गरिने बताउनु भयो । उक्त चलचित्र हेर्न नेदरल्याण्डस्मा बसोवास गर्ने सम्पूर्ण आमाबुवा, दिदिबहिनी तथा दाजुभाईहरुलाई सादर अनुरोध गरिएको छ । ‘एनआरएन नेदरल्याण्डस्ले सुरु गरेको सामजिक काममा सम्पूर्ण आदरणीय महानुभावहरुलाई आमन्त्रण सहित अनुरोध गर्दछु,–अध्यक्ष शर्माले भन्नुभयो,‘हामीले राम्रो कामको थालनी गरेका कारण सवैको साथ र सहयोग मिल्ने विश्वास छ ।’
चलचित्र प्रदर्शनका लागि व्यापक तयारी थालिएको छ । प्रचारप्रसारको कामलाई पनि तिव्र गतिमा अगडी बढाएको संस्थाका महासचिव जितेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै उहाँले एक दिनको खाजा खर्च कटाएर उक्त चलचित्र हेरी असहाय बालबालिकालाई सहयोग गरिदिनुहुन आग्रह गर्नुभयो ।
साथै उक्त चलचित्र हेर्नका लागि १२ बर्ष मुनिका बालबालिकालाई निःशुल्क र अरुका लागि २० यूरो राखिएको समेत श्रेष्ठले जानकारी दिनुभयो । महसञ्चारको ब्यानरमा बनेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । निर्माता किरण केसी हुन् । सुदन किरणका छोरा हुन् ।
चलचित्रको हरिवंश आचार्यले कथा लेखेका हुन् । यस अघि उक्त व्यानरबाट ‘शत्रुगते’ रिलिज भएको थियो । चलचित्र ‘दाल भात तरकारी’मा महजोडीसँगै आँचल शर्मा, पुष्प खड्का, विल्सनविक्रम राई, वर्षा राउत, निरुता सिंह, राजाराम पौडेल लगायत कलाकारको अभिनय छ ।
