Author
ParbatNepal

Contributor, ParbatNepal

5 years ago

2668




पर्वत समाज बेल्जियमद्धारा स्वागत तथा सम्मान
पर्वत समाज बेल्जियमद्धारा स्वागत तथा सम्मान

मंसिर १२ बेल्जियम । पर्बत समाज बेल्जियमले  जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल लाई स्वागत तथा सम्मान गरेको छ । यूरोप भ्रमणमा रहेका मल्ललाई सोमबार एक कार्यक्रमको आयोजना गरि बेल्जियममा स्वागत सहित सम्मान गरिएको हो । 

मल्ललाई समाजले रात्रिभोजको आयोजना गरि देशको पछिल्लो परिस्थिती, स्थानीय तहमा देखिएका समस्या,एकआपसमा हुन सक्ने सहयोगका क्षेत्रका बारेमा छलफल गरेको छ । सो अवसरमा जलजला गाउँपालिकाका अध्यक्ष मल्लकी धर्मपत्नी राधिका मल्ल , पर्बत समाज नेदरल्याण्डका अध्यक्ष नर बहादुर रोकाह र एनआरएन नेदरल्याण्डका अध्यक्ष मनोहरी शर्मा लाई पनि स्वागत गरिएको थियो । उक्त कार्यक्रममा अन्तराष्ट्रिय पर्बत समाजका संरक्षकहरु,अन्तराष्टिीय पर्बत समाजका सल्लाहकारहरु , पर्बत समाज बेल्जियमका संस्थापक तथा निबर्तमान अध्यक्ष ,अन्तराष्टिय पर्बत समाज कार्य समितीका सदस्यहरू , पर्बत समाज बेल्जियमका सल्लाहकार , कार्य समितीका सदस्यहरू सहभागी भएका थिए । 


नवलपुर समाजका अध्यक्ष, पासापुचका अध्यक्ष , जन सम्पर्क समितीका बपिष्ठ नेता ,जन प्रगतिशील मञ्चका अध्यक्ष, तमु समाजकी बरिष्ठ उपाध्यक्ष लगायतका ब्यक्तीहरू पनि कार्यक्रममा सहभागी भएका थिए । पर्बत समाज नेदरल्याण्डका अध्यक्ष नरबहादुर रोकाहले आफ्नो मन्तब्य राख्दै विदेशमा रहेपनि स्वदेशको हितमा सोचिरहेको बताउनुभयो । 

प्रमुख अतिथि जलजला गाउपालिकाका प्रमुख यामबहादुर मल्लले बिदेशमा रहेका पर्बतेलीहरू संग सहकार्य गर्दै समृद्ध पर्बत निर्माण अभियान सफल गराउने लक्ष्य रहेको बताउनुभयो ।  मानविय सेवाका साथै गाउँपालिकामा उद्योग, व्यवसाय, पर्यटन, उद्यम लगायतका क्षेत्रमा लगानी गर्न मल्ले आग्रह गर्नुभयो । 

पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राकेश कर्माचार्यले गर्नुभएको थियो भने स्वागत मन्तब्य बिराट जोशीले गर्नुभएको थियो ।समय ब्यस्तताका बाबजुद पनि उपस्थित भइ कार्यक्रममा सहभागी भई भव्य रूपमा सम्पन्न गराउन सहयोग गर्नुहुने सबैमा समाजले हार्दिक आभार ब्यक्त गरेको छ । 


सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)