Correspondent, ParbatNepal
5 years ago
1507
१२ असार, पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यक्रम अन्तरगत पैयुँखोला धान ब्लक संचालक समिति, पैयुँ ४, ६,७ पर्वतले आव २०७६र०७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार रु २२ लाख खर्च गरि ट्याक्टर, खरिद गरेको छ ।
कृषि ज्ञान केन्द्र, पर्वत द्वारा संचालित उक्त धान ब्लकको कार्यक्रम अनुसार सरकारले ५० प्रतिशत अनुदान प्रदान गर्ने र लाभग्राही धान ब्लक अन्तरगतका कृषकले ५० प्रतिशत रकम व्यहोर्ने गरि ट्याक्टर तथा अन्य उपकरण खरिद गरिएको पैयुँ खोला धान ब्लक संचालक समितिका संयोजक जयनारायणा तिवारीले बताए । कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख बासुदेव रेग्मीले ट्याक्टरलाई दुरुपयोग नहुने गरि कृषि प्रयोजनको लागि संचालन र प्रयोग गर्न शुभकामना दिदै ट्याक्टरको साँचो पैयु खोला धान ब्लक संचालक समितिका संयोजक जयनारायण तिवारीलाई हस्तान्तरण गरेका हुन् ।
उक्त धान ब्लकलाई ४७ लाख विनियोजन भएको रकम मध्ये ट्याक्टर सँगै कल्टिभेटर, रोटाभेटर, थ्रेशर एवम् मल, बिउ, बिषादी आदि यन्त्र उपकरण तथा सामाग्री खरिद गर्न रकम विनियोजन भएको जानकारी पर्वतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यक्रम संचालनका कार्यक्रम संयोजक बागवानी विकास अधिकृत कुमार पुन मगरले जानकारी दिए ।
