मोदी गाउँपालिका

मोदी गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका भुक्ताङले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गाउँ विकास समितिहरूलाई समेटेर मोदी गाउँपालिका बनाइएको हो । मोदी गाउँपालिकाको कूल जनसंख्या २१,२८४ रहेको छ । यसको क्षेत्रफल १४३.६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको देउपुर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा कास्की जिल्ला, पश्चिममा जलजला गाउँपालिका र कुश्मा नगरपालिका, उत्तरमा म्याग्दी र कास्की जिल्ला तथा दक्षिणमा कुश्मा नगरपालिकासम्म फैलिएको छ ।

 अध्यक्ष प्रेम पौडेल 

उपाध्यक्ष सेती महत 

कार्यकारी भूमीराज शर्मा

सम्बन्धित समाचार