महाशिला गाउँपालिका

महाशिला गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो ।नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका होश्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी, लुङ्खुदेउराली, कुर्घाका ७ र ८ वडाहरू, तथा फलामखानी गाउँ विकास समितिहरूलाई समेटेर महाशिला गाउँपालिका बनाइएको हो ।महाशिला गाउँपालिकाको कूल जनसंख्या ९,८५७ रहेको छ । यसको क्षेत्रफल ४९.३८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बालाकोट गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा विहादी गाउँपालिका, उत्तरमा फलेवास नगरपालिका तथा दक्षिणमा पैयूं गाउँपालिकासम्म फैलिएको छ ।

अध्यक्ष राजुप्रसाद पौडेल

 उपाध्यक्ष हिरा थापा

 कार्यकारी कृष्णप्रसाद रिजाल

सम्बन्धित समाचार