पैयूं गाउँपालिका

पैयूं गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका टकलाक, त्रिवेणी, बेहुलीबास, हुवास, सरौंखोला र भोर्ले गाउँ विकास समितिहरूलाई समेटेर पैयूं गाउँपालिका बनाइएको हो । पैयूं गाउँपालिकाको कूल जनसंख्या १५,३८१ रहेको छ । यसको क्षेत्रफल ४२.६५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको हुवास गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा विहादी गाउँपालिका, उत्तरमा महाशिला गाउँपालिका तथा दक्षिणमा स्याङ्जा जिल्लासम्म फैलिएको छ 


अध्यक्ष   खगेन्द्र तिवारी 

उपाध्यक्ष जसमती गुरुङ

कार्यकारी कुलप्रसाद लामिछाने

सम्बन्धित समाचार