Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

2059




पर्वतका प्रजातन्त्रका सेनानीको पुण्य तिथीमा श्रद्धाञ्जली सभा
पर्वतका प्रजातन्त्रका सेनानीको पुण्य तिथीमा श्रद्धाञ्जली सभा

फागुन २९, पर्वत । पर्वतको पैयु गाउँपालिकामा श्रद्धाञ्जली सभा सम्पन्न भएको नेपाली काँग्रेस पार्टीका पुराना नेता एवं प्रजातन्त्र सेनानी ८८ बर्षिय  स्वर्गिय गुप्तप्रताप सेनको १३ औँ दिनको पुण्यतिथीमा नेपाली काँग्रेस पैयु गाउँपालिकाले श्रद्धाञ्जली सभा आयोजना गरेको हो सेनले नेपालको प्रजातान्कि आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्नुभएको थियो

 

कार्यक्रममा बोल्दै पैयु गाउँपालिका अध्यक्ष खगेन्द्रप्रदसाद तिवारीले स्वर्गिय गुप्तप्रताप सेनको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभयो काँग्रेस पर्वतका पुराना नेता सेनको निधनले मलाई दुखित बनाएको , सेनले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा पु¥याउनुभएको योगदान महत्वपूर्ण , तिवारीले भन्नुभयो कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सचिव अशोक उच्चै ठकुरीले स्वर्गिय सेनको निधनले पार्टीलाई अपुरणिय भएको बताउँदै सिहँको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो

 

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् पूर्व महाधिवेशन प्रतिनिधी गिरिराज गौत्तम, पैयु गाउँपालिकाकी उपाध्याक्ष जसमति गुरुङ, नेकपा पैयुका नेता युवराज सेन, अर्का नेता ललितप्रताव सेन लगायतले बोल्नुभएको थियो नेपाली काँग्रेस पैयु गाउँपालिका सभापति डम्वर कुमार प्रधानको सभापतितव्मा सम्पन्न भएको कायक्रमको संचालन पैयुका युवा नेता गुप्तप्रताव सेनले गर्नुभएको थियो

सम्बन्धित समाचार (पैयूं गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)