Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

3 years ago

1966




पर्वतको जलजलामा भू सेवा केन्द्र स्थापना
पर्वतको जलजलामा भू सेवा केन्द्र स्थापना


पुष ६ पर्वत । पर्वतको जलजला गाउँपालिकामा भू सेवा केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको कार्यालयमा आज अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले भू सेवा केन्द्रको उद्घाटन गर्नुभयो । भू सेवा केन्द्र स्थापना पश्चात अबदेखि गाउँपालिका भित्र लिखित पारित, अंशवण्डा, राजिनामा, नामसारी लगायतका  जग्गा प्रशासन सम्वन्धी कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने सम्पुर्ण लिखत पारित सम्बन्धि कागजातहरु उपलब्ध गराइने भएको छ । 

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले स्थानीय सरकार सञ्चालन ऐन २०७३ मा स्थानीय तहमा भू सेवा केन्द्र स्थापना गर्ने अधिकार उल्लेख रहेको र सोहि ऐन बमोजिम गाउँपालिका केन्द्र सञ्चालनमा आएको बताउनुभयो । मालपोतमा लालपूर्जामा कार्यालयको छाप र कार्यालय प्रमुखको हस्ताक्षर गराउन जाने बाहेकका अरु सबै काम गाउँपालिका बाटै हुने मल्लले बताउनुभएको छ । 

मालपोतमा गएर कागजजात जुटाउनुपर्ने, विचौलिया मार्फत काम गराउनुपर्ने तथा विभिन्न लिखत जुटाउन हप्तौँसम्म अलमिलनुपर्ने बाध्यता हट्ने गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । उहाँले मालपोत मार्फत हुने लालपूर्जा जारी बाहेकका सबै काम पालिका स्थित भू सेवा केन्द्र बाट हुने शर्माले जानकारी दिनुभएको छ ।


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)