Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2288




पर्वत : जलजला गाउँपालिकाको ४१ करोड ६१ लाख रुपैयाको बजेट पारित
पर्वत : जलजला गाउँपालिकाको ४१ करोड ६१ लाख रुपैयाको बजेट पारित

पर्वत । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट पारित गरिएको छ । आइतवार सम्पन्न आठौ गाउँसभामा जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले ४१ करोड, ६३ लाख २५ हजार रुपैयाको बजेट सार्वजनिक गर्नुभएको हो ।


गाउँपालिकाले संघीय सरकारवाट र प्रदेश सरकारवाट प्राप्त हुने ३८ करोड, ३३ लाख ८९ हजार चार सय ३० र आन्तरिक आम्दानी समावेश गरी बजेटको खाका तयार गरेको हो ।
आगामी आर्थिक वर्षमा जलजलामा संघीय सरकारवाट कुल अनुदान रकम ३५ करोड, ७९ लाख ४६ हजार ४ सय ३० र प्रदेश सरकारकोृ २ करोढ ५४ लाख ४३ हजार रुपैया गरी ३८ करोड ३३ लाख ८९ हजार चार सय ३० रुपैयाको बजेट प्राप्त हुने भएको छ ।


जलजलाले आन्तरिक कर, शुल्क, दस्तुर र मौज्दात समेत गरी आगामी आर्थिक वर्षमा ३ करोड २९ लाख ३५ हजार ५ सय ७० रुपैया आन्तरिक आम्दानी हुने प्रक्षेपण समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।



सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)