Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 years ago

1907




जलजला गाउँपालिका अध्यक्ष राहात बोकेर बिहानै पुगे बाढीले बगाएको राममन्दिरका साँधुलाई भेट्न
जलजला गाउँपालिका अध्यक्ष राहात बोकेर बिहानै पुगे बाढीले बगाएको राममन्दिरका साँधुलाई भेट्न

पर्वत । कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको प्रसिद्ध राममन्दिरमा पु¥याएको क्षतिप्रति जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले दुस्ख व्यक्त गरेका छन । बाढी र कटानले क्षतिग्रस्त मन्दिर क्षेत्रको मंगलबार अवलोकन गर्दै अध्यक्ष मल्लले गाउँपालिकाको तर्फबाट साधु सन्तहरुलाई राहत समेत वितरण गरे ।

उनले नदीको बहाब घटेपछि संरक्षणका कामहरु गरिने आश्वासन समेत दिए । मन्दिर क्षेत्रलाई संरक्षण गर्नका लागि दीर्घकालिन गुरुयोजना बनाएर अघिबढ्ने आश्वासन पनि अध्यक्ष मल्लले दिए । ‘संघीय र प्रदेश सरकार संग पनि सहयोग जुटाएर संरक्षण गर्ने योजना बनाएका छौ।’ उनले भने ।

बाढीले कटान गरेर मन्दिरको गौशाला,धर्मशाला र शालीग्राम शिलाको स्तम्भ समेत बगाएको वडा नं २ का वडाअध्यक्ष गोबिन्द खत्रीले जानकारी दिए । अहिले पनि कटान निरन्तर छ । मन्दिर, पुजारी निवास र गलेश्वरदेखि राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिर क्षेत्रमा करोडौ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पु¥याएको उनले बताए ।गौशाला र धर्मशाला भत्किएपछि साधु सन्तलाई म्याग्दी तर्फ रहेको गलेश्वर आश्रममा लगिएको छ ।

राममन्दिरमा नियमित रुपमा ८ जना साधु सन्त बस्दै आएका थिए भने आगन्तुकको रुपमा मुक्तिनाथ आवतजावत गर्ने साधु सन्त पनि बसोबास गर्दै आएका छन । साधुसन्त र गाईलाई गलेश्वर आश्रममा सारिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । ‘तत्कालका लागि गलेश्वर आश्रममा राखिएको छ ।’ पालिकाको तर्फबाट केही राहत पनि दिने काम गरेका छौ ।’ उनले भने ।

सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)