Correspondent, ParbatNepal
6 years ago
2658
साजन परियार–भोर्ले । पर्वतको पैयु गाउँपालिका–७ भोर्लेलाई बालमैत्री वडा घोषणा गरिने भएको छ । वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि वडाले बालमैत्री स्थानीय शासन अवलम्वन गरिरहेको छ ।
जिल्लाको दोस्रो र गण्डकी प्रदेशको पाँचौ वडाको रुपमा भोर्लेलाई लिईएको छ । साविक भोर्ले गाविकासमा ३ सय ९६ घरधुरी छन् भने २ हजार ४ सय २३जनसंख्या रहेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बालमैत्री स्थानीय शासन राष्ट्रिय नीति २०६८, कार्यान्वयन कार्याविधि २०६८ र घोषणा कार्याविधि २०७० बमोजिम ३९ वटा सूचक पुरा गरेको छ । सुचकका बारेमा जिल्ला समन्वय समिति पर्वत, पैयु गाउँपालिका र अन्य सरोकारवाला निकायहरुले अनुगमन गरिसकेका छन् ।
भोर्लेलाई असार–८ गते भित्र बालमैत्री वडा घोषण गर्ने तयारी गरिएको भोर्लेका वडा सचिव सरिता परियारले जानकारी दिईन । सोही अभियान अन्र्तगत वडामा बालमैत्री स्थानीय शासनस्थापनाका लागि सूचक प्रमाणिकरण, घोषण प्रतिवद्धता तथा तयारी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ‘हाम्रो चाहाना अर्थपूर्ण बालमैत्री भोर्लेको कामना’ भन्ने मुल नाराका साथ अभियान शुरु गरिएको हो ।
जनता मावि भोर्लेमा सम्पन्न भएको गोष्ठीलाई सम्वोधन गदै पैयु गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जिल्लाकै दोस्रो र गण्डकी प्रदेशको पाँचौ र पैयु गाउँपालिकाको महिला बालमैत्री वडा घोषण हुन लागेको शुभकामना व्यक्त गर्नुभयो । गाउँपालिकाकी उपाध्याक्ष जसमती गुरुङले बालमैत्री वडा घोषण कार्यक्रमलाई अन्य वडामा पनि पूर्णता दिने बताउनु भयो । प्रशासकिय अधिकृत जितवहादुर रानाले बालबालिकाको सुन्दर भविष्यका लागि बालमैत्री वडा आवश्यक परेको बताउनु भयो ।
साथै जिल्लाको दोस्रो र पैयु गाउँपालिकाको पहिलो बालमैत्री वडा घोषण हुन लागेकोमा शुभकामना व्यक्त गर्नुभयो । बालमैत्री स्थानीय शासन र स्थानीय तहमा बाल अधिकार प्रवद्र्धन गर्ने उद्देश्यले बालमैत्री वडा घोषण गर्ने तयारी गरिएको छ । स्थानीय स्तरका सवै क्षेत्र र तहका निकायको नीति, संरचना,प्रणली र कार्य प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गराउन बालमैत्री वडा घोषण गर्न लागिएको पैयु गाउँपालिका–७ भोर्लेका वडा अध्यक्ष भिमवहादुर गुरुङले बताए ।
बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकास सँग सम्बन्धित सूचक पुरा गरिएमा नगरपालिका, गाउँपालिका वा वडालाई बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिमा व्यवस्था गरिएको छ । बालमैत्री घोषण गर्न आवश्यक पर्ने सूचक पुरा हुने प्रक्रियामा रहेकाले भोर्लेलाई कालमैत्री वडा घोषण गर्ने अन्तिम तयारी भईरहेको वडाध्यक्ष गुरुङले बताए ।
भोर्लेका सवै संरचना बालमैत्री हुदै गएका छन्, वडा सचिव सरिता परियारले भनिन्–‘ साबुनपानी सहित विद्यालयमा छात्रछात्राका लागि अलग–खलग शौचालयको व्यवस्था छ, वडामा शिक्षामा अध्ययन गर्ने बालबालिकालाई फिफर्म र कार्पेटको व्यवस्था, बालश्रम र बालविवाहमा न्यूनीकरण, विद्यार्थी संख्याको आधार शिक्षकको व्यवस्था, टोलटोलमा डस्वीन, सरसफाईका सामग्री वितरण, सचेतनाका मुलक सामग्री पोष्टर टाँस्न थालिएको छ ।
भोर्लेलाई बालमैत्री स्थानीय शासन युक्त वडा बनाउने अभियानलाई पैयु गाउँपालिकाले सहयोग गरिरहेको छ ।
