Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

1544




पैयुँ गाउँपालिकाले प्रोत्साहन रकम सहित शिक्षकको बिदाई गर्दै
पैयुँ गाउँपालिकाले प्रोत्साहन रकम सहित शिक्षकको बिदाई गर्दै

मंसिर २२ पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले उमेर हद र सेवा अवधि पुरा गरेका शिक्षकहरुलाई प्रोत्साहन भत्ता दिएर बिदाई गर्ने रणनीति बनाएको छ । गाउँ कार्यपालिकाको मंसिर १९ र २० गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

गाउँपालिका भित्रका सामूदायिक विद्यालयमा स्थायी जागिरमा रहेर २० वर्ष सेवा अवधि पुरा गरेका, निवृतिभरणका लागि योग्य भएका शिक्षकहरुलाई एक लाख रुपैयाँ प्रोत्साहन भत्ता दिएर बिदाई गर्ने निर्णय गरेको प्रमुख प्रसाशकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो । शिक्षकहरुलाई १५ दिन भित्र गाउँपालिकामा निबेदन दिन अनुरोध गरिएको छ । लामो समय अवधिसम्म सेवा गरेका शिक्षकहरुलाई सम्मान सहित बिदाई गर्न यस्तो रणनीति ल्याईएको पौडेलले बताउनुभयो । 

शिक्षकहरुलाई उमेरको हदले ६० वर्ष सेवा गर्न पाउने व्यवस्था छ । शिक्षकहरुले उमेर हद पुगेपनि जागिर नछाड्ने र नियमित नपढाउने गुनासो समेत छ । एकातिर शिक्षकले जागिर नछोड्दा नयाँ दरबन्दी सृजना गर्न समस्या हुँदै आएको छ । 

नयाँ शिक्षक भर्ना गर्न दरबन्दी खाली हुनुपर्छ । गाउँपालिका भित्रका सबै विद्यालयमा उक्त सूचना पठाईएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रोत्साहन सहित अवकाशमा जान चाहने शिक्षकहरु सम्पर्कमा आउन थालेको बताउनुभयो । कतिजना शिक्षकहरु उमेर हद र सेवा अवधि समाप्त भएर पनि जागिरमै रहेको भन्ने यकिन तथ्यांक निकाल्न थालिएको छ । गाउँ कार्यापालिकाको दुई दिन सम्म बसेको बैठकले २७ वटा निर्णय गरेको छ । पहिलो निर्णयमा शिक्षकहरुको बिदाई लाई राखिएको छ । 


सम्बन्धित समाचार (पैयूं गाउँपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)