Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

3 years ago

1120




पर्वतको पाङमा ११ हजार पशुपंक्षीको उपचार र औषधी वितरण
पर्वतको पाङमा ११ हजार पशुपंक्षीको उपचार र औषधी वितरण


बैशाख ६ पर्वत । पर्वतको कुश्मा नगरपालिका १ पाङमा सोमवार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । कुश्मा नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा भएको शिविरमा ७ हजार २ सय कुखुरा, २ हजार ६ सय १३ गाईभैँसी र १ हजार २ सय माछाका लागि औषधी तथा परामर्श सेवा प्रदान गरिएको छ । शिविरमा स्वास्थ्य परिक्षण , निशुल्क औषधी वितरण र बाँझोपन निवारणका लागि कृषकहरुलाई विभिन्न प्राविधिक सल्लाह पनि प्रदान गरिएको थियो । 

एक दिने उक्त शिविरको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । शिविर उद्घाटन गर्दै जोशीले मानव स्वास्थ्य जस्तै पशुहरुको पनि स्वास्थ्यको बारेमा कृषकहरुले चनाखो भएर हेरबिचार गर्नुपर्ने बताउनुभयो । जोशीले कुश्मा नगरपालिका पशुपालन, दूध, माछा, अण्डा र मासुजन्य पदार्थमा आत्मानिर्भर हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको र त्यसका लागि आवश्यक सहयोग गर्ने आश्वसन दिनुभयो । 


नगरप्रमुख जोशीले पशु सेवा शाखाले प्रभावकारी रुपमा पशुपालनमा टेवा पुग्ने गरि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको खुशी समेत व्यक्त गर्नुभयो । कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले किसानहरुलाई घरदैलोमै सेवा दिन र पशुहरुमा लुकेर रहेको रोगको पहिचानका लागि शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले यसअघि आर्थर र दुर्लुङमा पनि शिविर आयोजना भएको तथा आगामी दिनमा मागका आधारमा अन्य स्थानमा पनि शिविर सञ्चालन गरिने अवगत गराउनुभयो । 

पशु विकास अधिकृत मित्रलाल सापकोटा, पशु स्वास्थ्य प्राविधिक राजेन्द्र सुबेदी, सुदर्शन सुबेदी, टेकप्रसाद सापकोटा, अनन्तराज अधिकारी , विजय सुबेदी, ईन्दु क्षेत्री लगायतले पशुहरुको स्वास्थ्य परिक्षण, औषधी वितरण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो । 


कार्यक्रमले किसानहरुलाई फाईदा पुगेको कार्यावाहक वडाध्यक्ष बिरेन्द्र रिजालले बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता शिविर सञ्चालन गर्न अनुरोध गर्नुभयो । शिविरमा आवश्यक औषधी सौजन्य सापकोटा भेटनरी सप्लायर्स बेनी म्याग्दी , एमडिएच फर्मास्युटिकल्स र भास्कर हर्वा स्यूटिकल्स प्रालीले गरेका थिए । कार्यक्रमको स्वागत वडा सदस्य टिकावहादुर सुबेदी दिपकले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव रामचन्द्र शर्मा चापागाईले गर्नुभएको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)