Correspondent, ParbatNepal
5 years ago
1963
चैत्र २६,
पर्वत । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको असर न्यूनिकरणका
लागि पर्वतको महाशीला गाउँपालिकाका विभिन्न क्षेत्रमा किटनाशक (डिस्इफेक्टेड) औषधी
छर्किएको छ । गाउँपालिका भित्र मानिसहरुको बढि चहलपहल हुने स्थानहरुमा औषधि छर्किन
थालिएको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।
मंगलवार
वडा नं. ५ को लुंखुदेउराली बजार, एकपाटे, बसपार्क, मिलनचोक, प्राथमिक स्वास्थ्य केन्द्र,
वडा कार्यालय लगायतका स्थानमा औषधी छर्किने काम सकिएको उच्चैले जानकारी दिनुभयो । भोलीदेखि
गाउँपालिकाको केन्द्र रहेको बालाकोट लगायत सर्वसाधारणहरुको बढि आवजावत हुने र चहलपहल
बढि हुने स्थानहरुमा छर्किने योजना रहेको गाउँपालिकाले जनाएको छ । यसैगरी गाउँपालकाले
स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्न अपिल गरेको छ । मंगलवार अध्यक्ष
राजुप्रसाद पौडेलले एक विज्ञप्ती प्रकाशित गरि प्रकोप व्यवस्थापन कोषमा आर्थिक तथा
खाद्यान्न सहयोगका लागि आग्रह गरेको छ ।
धान, चामल, नुन, मकै, कोदो, गहुँ, दाल, तेल लगायतका खाद्यान्न तथा नगद सहयोग गर्न अपिल गरिएको हो । सहयोगका लागि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सवै वडाका वडाअध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई वा राष्ट्रिय वाणिज्य बैंकमा रहेको महाशीला गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषको खातामा रकम जम्मा गर्न सकिने प्रवक्ता उच्चैले जानकारी दिनुभयो ।
