Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1745




पर्वतको मोदीमा योजनाको अनुगमन पुनः शुरु
पर्वतको मोदीमा योजनाको अनुगमन पुनः शुरु

बैशाख ३०, पर्वत जिल्लाको मोदी गाउँपालिकामा योजनाहरुको अनुगमन कार्य पुनः शुरु भएको लक डाउन अघि नै योजनाहरुको निर्माण कार्यको अनुमगनमा जुटेको गाउँपालिकाले लक डाउन पछि सवै निर्माण कार्य रोकेको थियो लक डाउन खुकुलो बनाउँदै निर्माणको काम अघि बढाउने सरकारको नीतिसंगै गाउँपालिकामा रोकिएका अधिकांश योजनाहरुको निर्माण कार्य शुरु भएको


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीका अनुसार निर्माण कार्यलाई गाउँपालिकाले अघि बढाएको हो यो संगै निर्माण कार्यको गाउँपालिकाका उपाध्यक्ष सेती महत, प्रमुख प्रशासकीय अधिकृत क्षेत्री, इन्जिनियर नविन शाही सहितको टोलीले आयोजनाहरुको अनुगमन कार्य शुरु गरेको लक डाउनको असर नभएको खण्डमा वैशाख मसान्त भित्र अधिकांश आयोजनाहरुको निर्माण कार्य सक्ने योजना गाउँपालिकाले लिएको थियो


प्रशासकीय अधिकृत क्षेत्रीले लक डाउनका कारण केहि योजनाहरु असार मसान्तसम्म पनि नसकिने सम्भावना बढेको उपभोक्ता समिति मार्फत सम्पन्न हुने आयोजनाहरुमा भने निर्माण कार्यलाई तिव्रता दिने गरी ताकेता गरिएको क्षेत्री बताउँछन् । कामदारको अभाव भएको अवस्थामा बाहेक सवै योजनाहरुलाई सुचारु गर्न निर्देशन दिइएको उपाध्यक्ष महतले बताईन निर्माण कार्य सम्पन्न भएका योजनाहरुको भुक्तानी कार्य पनि निरन्तर भईरहेको गाउँपालिकाले जनाएको


सम्बन्धित समाचार (मोदी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)