Correspondent, ParbatNepal
5 years ago
1736
बैशाख ३०, पर्वत । पर्वतका युवाहरुले भारतीय प्रधानमन्त्री नगेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । नेपाली भुमी भारतले मिचेको भन्दै चौतर्फी विरोध भैरहेका बेला पर्वतको मोदी गाउँपालिकाका युवाहरुले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन् ।
मोदी गाउँपालिकाको पातीचौर बजारमा स्थानीय मोदी युवा संजाल र पातीचौर क्रिकेट
क्लवको आयोजनामा सोमवार दिउँसो पुत्ला दहन गरिएको हो । डिमुवावाट
शुरु भएको बिरोध जुलुस पातीचौरमा पुगेर कोण सभामा परिणत हुँदै भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरि बिरोध गरिएको मोदी युवा संजालका अध्यक्ष समिर मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रममा शिक्षाविद् एवम् प्रध्यापक डा. कैलाश तिमिल्सिना लगायतले पनि बोल्नुभएको थियो । नेपाली भूमि
कालापानी र लिपुलेकमाथिको पटक
पटकको अतिक्रमण नेपाली जनताका लागि सह्य नहुने बताउँदै अतिक्रमित भूमि तुरुन्त फिर्ता गर्न उनिहरुले माग गरेका छन् । उनिहरुले दुवै
सरकारबीच आपसी वार्ता गरी समस्याको समाधान खोज्न समेत आग्रह गर्दै सिमानाको दिर्घकालीन समस्या समाधान गर्न समेत माग गरेका छन् ।
भारतले लिपुलेकमा सडक विस्तार गरेपछि संसददेखि सडकसम्म बिरोध चुलिएको छ ।
