Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 years ago

1702




आफ्नै निर्णय लत्याउँदै मोदी गाउँपालिकाद्धारा बाजुङमा अस्पताल शिलन्यास
आफ्नै निर्णय लत्याउँदै मोदी गाउँपालिकाद्धारा बाजुङमा अस्पताल शिलन्यास

मंसिर १५ पर्वत । पर्वतको मोदी गाउँपालिकाले आँफैले गरेको निर्णय लत्याउँदै आधारभूत अस्पताल निर्माण गर्न थालेको छ । गाउँसभाले डिमुवामा बनाउने निर्णय गरेपनि गाउँपालिकाले सोमवार बाजुङमा अस्पताल निर्माण गर्न शिलन्यास गरेको छ । स्थानीयबासीहरुले उपलब्ध गराएको जग्गा छोडेर गाउँपालिकाले अपायक स्थानमा अस्पताल बनाउन थालेको हो । 

तिलाहार, डिमुवा र पातीचौरका बासिन्दाहरुले गाउँपालिकाका पदाधिकारीले मनगणन्ते निर्णय गरेको आरोप लगाएका छन् । विरोध स्वरुप गाउँपालिकामा तालाबन्दी समेत गरिएको छ । सोमवार बाजुङमा अस्पतालको शिलन्यास गरियो । प्रतिनिधीसभाका सदस्य पदम गिरीले अस्पतालको शिलन्यास गर्नुभएको थियो । अस्पतालको शिलन्यास कार्यक्रम भैरहँदा गाउँपालिकाको केन्द्र पातीचौरमा भने स्थानीयले बिरोध प्रदर्शन गरिरहेका थिए । गाउँपालिकाको कार्यालयमा स्थानीयले लगाएको ताला भने प्रहरी परिचालन गरेर आज खोलिएको छ । डिमुवामा सडकको पहुँच भएको, धेरै बस्तीलाइइ पायक पर्ने, सरकारको कार्यविधि पालना हुने लगायतका सबै मापदण्ड पुरा हुने भएपनि बाजुङको पखरेमा अस्पताल लगेर जनप्रतिनिधीले बदमासी गरेको तिलाहार र पातीचौरका बासिन्दाले आपत्ती जनाएका छन् । 

मोदी गाउँपालिकाको २०७५ जेठ २७ मा डिमुवामा आधारभूत अस्पताल बनाउने गाउँसभाको निर्णय भएको थियो । ११ रोपनी सार्वजनिक जग्गा गाउँपालिका मातहत ल्याउने गाउँसभाको निर्णय लत्ताउँदै अहिले अस्पताल अन्यत्र सारिएको स्थानीय दिपेन्द्रजंग लामिछानेले बताउनुभयो । 

उहाँले जनप्रतिनिधीलाई अझै पनि निर्णय सच्चाउने मौका रहेकाले आफ्नो निर्णय स्मरण गर्न अनुरोध गरेको बताउनुभयो । बाजुङमा अस्पताल बनाउन शिलन्यास भएको जग्गाको मालपोतमा स्रेस्ता समेत भेटिन्न । साविक बाजुङ गाबिस १ मा ४९ कित्ता नम्बर वरपरको १० रोपनी जग्गा अस्पताल निर्माणका लागि स्थानीयले प्रदान गरेको भनिएपनि पर्वत मालपोतमा गाउँपालिकाको नाममा उक्त जग्गा दर्ता भएको प्रमाण देखिएको छैन । 

तिलाहारवासीहरुले दिपक शर्मा लामिछानेको संयोजकत्वमा संघर्ष समिति बनाएर दबाब सिर्जना गर्न शुरु गरेका छन् । गाउँपालिकाको अकमण्र्य निर्णय सच्चाउन अनुरोध गरिएको लामिछानेले बताउनुभयो । उहाँले अपायक ठाउँमा अस्पताल बन्न नसक्ने दाबी गर्नुभएको छ । गाउँपालिकाले बदमासी तरिकाले अस्पताल निर्माण गर्न खोजेपछि तनाव शुरु भएको छ । 


सम्बन्धित समाचार (मोदी गाउँपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)