Author
ParbatNepal

Contributor, ParbatNepal

2 years ago

578




पर्वत समाज जापानको बैठकका बिभिन्न निर्णय
पर्वत समाज जापानको बैठकका बिभिन्न निर्णय


जेठ १६ जापान । पर्वत समाज जापानको नियमित बैठक सम्पन्न भएको छ । मे महिनाको २७ तारिकका दिन सम्पन्न भएको बैठक बाट आगामी कार्यक्रम तथा कार्ययोजना तर्जुमा गरिएको छ । समाजका अध्यक्ष सुजन जोशीले बैठकमा सस्थाको आर्थिक पक्ष सबल बनाऊने तथा सञ्जाल निर्माण सम्बन्धमा गहन छलफल भएको बताउनुभयो । 

जोशीका अनुसार समाजले भित्ते पात्रो पनि बितरण गरेको थियो । भित्ते पात्रोका निम्ति जापानबासी नेपालीहरुले कार्यसमितिका पदाधिकारीहरु संग सम्पर्क राख्न सक्ने छन । जापानबासी सम्पुर्ण नेपालीहरुलाई एउटै थलोमा जमघट गराएर आउँदो जुलाई ८ तारिक आईतबारका दिन हिकारिगाओका पार्कमा बार्बेक्यू गरिने कुरा संस्थाका उपाध्यक्ष सुबास लामिछानेले बताउनुभयो । 

स्मरण रहोस पर्वत समाज जापनको स्थापनाकाल देखि नै संस्थाले बार्षिक रुपमा बार्बेक्यू गर्दै आईरहेको छ । नेपालमा पर्यटन प्रबर्र्दन गर्न जापानमा रहेका पर्यटन सम्बन्धि संस्था तथा अग्रज ब्यक्तीहरु संग छलफल गर्ने कुरा संस्थाका महासचिव जनक सुबेदीले बताउनुभयो । 

पर्वत समाज जापानको बार्षिक कार्यक्रम बिबिक्यूमा सम्पुर्ण जापानबासी नेपालीहरु तथा नेपाल र नेपालीलाई माया गर्ने बिदेशीहरुलाई जुलाई ८ तारिक हिकारिगाओका पार्कमा आउन संस्थाका अध्यक्ष सुाज जोशीले अनुरोध गर्नुभएको छ ।


सम्बन्धित समाचार ( जापान )
सम्बन्धित समाचार ( प्रवास)