सुलीकोटको संरक्षण गर्न महापूराण
    3 months ago     146
सुलीकोटको संरक्षण गर्न महापूराण



रोशन तिवारी माघ २७ पर्वत । पर्वतको फलेवास नगरपालिका ११ पाङराङ स्थित सुलीकोटगढीमा महापूराण शुरु भएको छ । शनिवार देखि शुरु भएको महपूराण आगामी फागुन फागुन ८ गतेसम्म ११ दिन सञ्चालन हुने जनाइएको छ । ओझेलमा रहेको सुलीकोटगढिको विकास गरि यसलाई धार्मिक पर्यटनको क्षेत्र वनाउने उदेश्यले महापूराण शुरु भएको आयोजकले जनाएको छ । महापूराणवाट संकलीत रकमले जिर्ण रहेको सुलिकोटगढीमा रहको सिद्धगढि मन्दिरको पुननिर्माण गर्ने र पुराना अभिलेखहरुको उत्खनन एवं संरक्षण गर्ने जनाइएको छ ।

रामप्रसाद गौतमको मुल संयोजकत्वमा एक समिति वनाएर महापूराणको आयोजना गरिएको छ । विंसं २०७३ जेठ ५ गतेवाट मन्दिरको जिर्णोद्धारको काम शुरु भएको थियो । तर अहिले रकमको अभाव भएपछि महापूराण आयोजना गरिएको गौतमले वताए ।  शिव मन्दिरको पुनःनिमार्ण गर्ने र ३ सय मिटर लामो सिँढी प्लास्टर सहित तारवार गर्ने तत्कालको लक्ष्य रहेको छ । त्यसवाहेक अभिलेखहरुको खोजी गरि लिपिपद्ध गर्ने पनि उनले जानकारी दिए । पुराणबाचक पंडित भरतराज सुवेदी,सह–बाचक पंडित सुनिल सुवेदीले महापूराणमा कथावाचन गर्ने जनाइएको छ ।  

फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले महापूराणको शनिवार उद्घाटन गरे । उनले धार्मिक क्षेत्रको विकासमा नगरपालिकाको विशेष ध्यान जाने र तिनीहरुको धार्मिक महत्व जगाएर स्थानीय स्तरमा पर्यटन प्रवर्दन गर्न तर्फ नगरपालिका सकारात्मक रहेको वताए ।

मेयर शर्माले पुराना मठमन्दिर, कोट, ओझेलमा परेका धार्मीक क्षेत्रको उत्थान गर्ने कुरामा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा फलेवास नगरपालीका ११ का वडाध्यक्ष जितवहादुर सुनार ‘शेरवहादुर’ले पाँच वर्षको कार्यकालमा आफुले त्यस क्षेत्रको धार्मीक,पर्यटकीय स्थलको प्रचारप्रसार गरेर पर्यटक भित्राउने बताए ।

पाकापुस्ताका अनुसार सुलिकोटगढिमा ईस्वी १७०२ मा सिद्धगढि मन्दिर स्थापना भएको अभिलेख भेटिएको छ । । ‘वाईसे चौविसे राजाहरुले राज्य गरेको ईतिहाँस समेत यहाँ भेटिन्छ,’वडाध्यक्ष सुनारले भने,‘ मन्दिर कस्ले वनायो भन्ने कुराको कुनै अभिलेख भने छैन ।’ राजाहरुले शासन चलाएको दरवार समेत यहाँ रहेको ईतिहाँस भटिएको उनले वताए । सिद्धगढि मन्दिर सिद्धशिव माहपुराण मुलसंयोजक रामप्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको थियो । कार्यक्रममा पर्वत बहुमुखी क्याम्पस फलेवासका पुर्व क्याम्पस प्रमुख बालकृष्ण कडेंलले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन कार्यक्रम संयोजक नेत्र बरालले गरेका थिए ।