मातृभूमिका लागि पर्वत सेवा समाज शाखाको तेस्रो अधिवेशन सम्पन्न
पानाखबर     1 month ago     45
मातृभूमिका लागि पर्वत सेवा समाज शाखाको  तेस्रो अधिवेशन सम्पन्न

तेलअभिब, पुष ३० – सामाजिक संस्था ‘मातृभूमिका लागी पर्वत सेवा समाज इजरायल’ शाखाको  तेस्रो अधिवेशनले दिया चापागाईंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।

चापागाईंको नेतृत्वमा समाजले नयाँ कार्यकालको लागी १९ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गरेको छ। कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष कुसुम कुमाल,उपाध्यक्ष ज्योति शर्मा,महासचिव हिरा श्रेष्ठ,कोषाध्यक्ष नारायण गौडेल रहेका छन्। त्यस्तै कार्यसमितिका सदस्यहरुमा शान्त सुवेदी,रमा जोशी,राधा जोशी,मन्जु गुरुङ,सुशीला हमाल,सरस्वती लामिछाने रहेका छन्।

त्यस्तै संस्थाका सल्लाहकारमा नरेन्द्र क्षेत्री,ओवी भुषाल र रामचन्द्र पौडेल र संरक्षक तथा अन्तराष्ट्रिय समन्वय संयोजक नरेन्द्र क्षेत्री रहेका छन् भने अन्तराष्ट्रिय समन्वय सहसंयोजकमा ज्योती शर्मा छिन्।

कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख हरिहरकान्त पौडेल प्रमुख अतिथी रहेका थिए भने एनआरएन इजरायलका अध्यक्ष छिरिङ शेर्पा र आइसीसी सदस्य दिपक ओली विशिष्ठ अतिथि थिए।



http://www.paanakhabar.com/2018/01/68492/