Correspondent, ParbatNepal
5 years ago
2240
फागुन
२४, पर्वत ।
जिल्लाको विहादी गाउँपालिकाले उन्नत
जातका गाईपालन र
भैसीपालन गर्ने किसानलाई प्रोत्साहन
गर्ने कार्यक्रम शुरु
गरेको छ । गाउँ कार्यपालिकाको
बैठकले व्यवसायिक रुपमा उन्नत
जातको गाई र
भैसीपालन गर्ने किसानलाई खरिद
गर्न प्रति गाई
वा भैँसीलाई २०
हजार रुपैयाँ अनुदान
दिने कार्यक्रम ल्याएको
छ ।
किसानहरुलाई दिगो आम्दानी तर्फ आकर्षित गर्ने गाउँपालिकाको योजना अनुसार किसानलाई पशुपालनमा अनुदान दिन थालिएको हो । अध्यक्ष कमलप्रसाद भुसालले किसानलाई हौसल दिनका लागि अनुदानमुखी कार्यक्रममा जोड दिएको बताउनुभयो । दूध उत्पादनमा विहादीलाई आत्मानिर्भर बनाउने योजना रहेको सुनाउँदै भुसालले प्रत्येक वडामा दूग्ध संकलन केन्द्र सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिनुभयो । दूग्ध संकलन गर्न चाहने सहकारी वा फर्मलाई गाउँपालिकाले ७० प्रतिशत अनुदान दिने भुसालले बताउनुभयो । पशुपालन र कृषिमा विहादी गाउँपालिका राम्रो संभवना रहेको क्षेत्र हो । गाउँपालिकामा प्रसस्त चरण क्षेत्र, भुईघाँस र डालेघाँस लगाउने क्षेत्र रहेको छ । बजारीकरणका लागि अहिले पक्कि सडक बनाउन थालिएको छ ।
पशुपालन गर्ने किसानको राम्रो भविष्य देखेरै गाउँपालिकाले कृषि र पशुपालनलाई जोड दिएको प्रमुख प्रसासकिय अधिकृत ऋषिराम पन्थीले बताउनुभयो । कृषकलाई ५० प्रतिशत अनुदानमा टनेल, मिनी पावर टिलर हलो, भकारो सुधारमा पनि गाउँपालिकाले सहयोग गर्न थालेको पन्थीले जानकारी दिनुभयो । पशुपालन र कृषि क्षेत्रमा चालु वर्ष विहादी गाउँपालिकाले १ करोड भन्दा बढि बजेट बिनियोजन गरेको छ । विहादीमा प्रदेश सरकार मार्फत चालु वर्ष नै मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम पनि शुरु भएको छ ।
