Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2399




बिहादीलाई काठेपोल मुक्त बनाउन गाउँपालिकाले थाल्यो पहल
बिहादीलाई काठेपोल मुक्त बनाउन गाउँपालिकाले थाल्यो पहल

चैत्र १३, पर्वत पर्वतको बिहादी गाउँपालिकाले गाउँपालिका भित्रका सबै काठेपोल विस्थापित गर्ने नीति तय गरेको छ । अर्को वर्ष भित्रमा काठेपोल बिस्थापित गर्ने कार्यक्रम तय गरेको गाउँपालिकाले जनाएको छ ।

सबै वडामा काठेपोल फेरेर फलामेपोल राख्दा ६ सय पोल आवश्यक रहेको छ । गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले यो वर्ष पोल खरिदका लागि ४५ लाख बजेट बिनियोजन गरेर टेण्डर खुलाईएको बताउनुभयो । गाउँपालिकाको वार्ड नम्बर १ बाच्छा बाहेक अन्य वडाहरुमा काठेपोलको प्रयोग गरेर बिद्युतीकरण गरिएको छ ।

५ वटा वडामा सामूदायिक बिद्युतिकरण र शालिग्राममा विद्युत प्राधिकरणबाट बिद्युतिकरण भएको थियो । वहाकी र उराममा विद्युतका पोल ढल्ने समस्या विकराल रहेको अध्यक्ष भुसालले बताउनुभयो । गाउँपालिकाले गतवर्ष देखि रानीपानी र वर्राचौरमा पोल फेर्ने काम गरिरहेको छ । रानीपानीमा करिव तीनसय पोल परिवर्तन गर्न थालिएको छ भने वर्राचौरमा करिव १२५ वटा पोल यसैवर्ष ल्याएर नयाँ पोल परिवर्तन गर्ने योजना रहेको छ ।

काठेपोल कुहिने, ढल्ने र दुर्घटना निम्तिने खतरा रहेका कारण पोल परिवर्तन गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार (विहादी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)