Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1648




पर्यटन प्रर्वद्धनमा अब्वल बन्देै विहादी गाउँपालिका–प्याराग्लाईडिङको सफल उडान
पर्यटन प्रर्वद्धनमा अब्वल बन्देै विहादी गाउँपालिका–प्याराग्लाईडिङको सफल उडान

फागुन , पर्वत पर्वतको विहादी गाँउपालिकामा पहिलोपटक प्याराग्लाईडिङको सफल परिक्षण गरिएको गाँउपालिका वहाकी लुरिङको डाँडामा प्याराग्लाईडिङको सफल परिक्षण गरिएको हो

पोखराको सराङकोटमा प्याराग्लाईडिङ चलाउदै आएका बिवेक राना गोले लामाको नेतृत्वमा आएका विपिन परियार, रमेश नेपाली, विक्रम नेपाली सत्या राईले विहादी गाँउपालिकाको आकाशमा प्याराग्लाईडिङ उडाएका हुन् गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेकोगाँउ पर्यटन प्रवद्र्धनकार्यक्रमको अवसरमा प्याराग्लाईडिङ उडान गरिएको हो

बिहादी गाउँपालिकाको विहादीको लुरीङ देउराली डाँडा देखी विहादी रानिपानीमा रहेको ईमिचौर अवतरण गर्नको लागि उत्तम स्थान रहेको पाईलट रमेश परियारले बताउनु भयो भुगोल हावाको गतिका हिसाबले विहादीमा प्याराग्लाईडिङको सम्भावना रहेको पाईलट परियारले बताउनु भयो बिहादी गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यका साथ प्याराग्लाईडिङ संचालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुषालले जानकारी दिनुभयो

प्यारागलाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै विहादीलाई समृद्धिको पथमा हिडाउने अभियान थालिएको अध्यक्ष भुषालले बताउनु भयो सफल उडान अघि धावन मार्ग अवतरण स्थलको बारेमा सम्भाव्यता अध्ययन गरिएको थियो बिहादीको आकाशमा एकै साथ वटा प्याराग्लाइडिङ उडेपछी स्थानियवासीमा खुसीयाली छाएको

स्थानिय ऋषि भुषालले आफ्नो घरै माथि बाट प्याराग्लाईडिङ उडेको देख्दा आफुलाई निकै खुसी लागेको बताए गाउँपालिकाले नियमित उडानका नयाँ योजना बनाएर नियमित उडान भर्ने बातावरण मिलाउन ढिला गर्न नहुने स्थानीयको भनाई

 बिहादी गाँउपालिकामा विश्वकै ठुलो शिला शालिग्राम,बच्छेश्वरकोट, गोर्लाङ, देउराली छाप जस्ता प्रसिद्ध धार्मीक पर्यटकीय स्थलहरु रहेका छन् भने कालिगण्डकी नदीमा ¥याफ्टिङ समेत हुदै आएको

 

सम्बन्धित समाचार (विहादी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)