Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

6 years ago

4509




पर्वतकी गोमादेबी पराजुलीलाई आर्थिक सहयोगको अपिल
पर्वतकी गोमादेबी पराजुलीलाई आर्थिक सहयोगको अपिल


भदौ १५,पर्वत । पर्वतकी एक महिलालाई उपचारका लागि सहयोग गर्न परिवारले आव्हान गरेका छन् । बिहादी गाउँपालिका– ३ रानीपानीकी ४० वर्षिया गोमादेबी पराजुलीको मस्तिष्क पक्षघात भएपछि परिवारले आर्थिक सहयोगको अपिल गरेका हुन् । पराजुलीको काठमाण्डौ बाँसबारी स्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ । 

बिगत १० दिनदेखि पराजुलीको आइसियुमा राखेर उपचार भैरहेको छ । पराजुलीका छोरा दीपक पराजुलीका अनुसार अस्पतालको आईसियू र औषधोपचारमा हरेक दिन ३० हजार रुपैयाँ खर्च हुँदै आएको छ । 

आमाको उच्च रक्तचापका कारण मस्तिष्कघात भएको छोरा दीपकले जानकारी दिए । ‘दुई छाक जुटाउनै समस्या रहेको हाम्रो परिवारमा यति ठूलो विपत्ती निम्तियो,’ छोरा दीपकले भने,‘ ऋण खोजेको रकम पनि उपचारमा सकियो,‘ अब तपाईहरुको सहयोग बाहेक आमाको जीवन बचाउन अरु विकल्प छैन ।’ उपचारका लागि कुनै उपाय नदेखेपछि सहयोगको अपिल गरेको छोरा दीपकले रुँदै भने । 

गोमादेबीका श्रीमान समेत कृषि मजदुरीको काम गर्छन । छोराहरुको पनि कुनै जागिर पेशा छैन । उपचारका लागि रकमको अभाव भएपछि बैँक खाता खोलेर रकम संकलन गर्न थालिएको छिमेकी विशन क्षत्रीले जानकारी दिए । सहयोगका लागि प्रभू बैँकको खाता नम्बर ०३९०१००१३१७७७७०००००१ मा रकम जम्मा गरिदिन अनुरोध गरिएको क्षत्रीले बताए । 


सम्बन्धित समाचार (विहादी गाउँपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)