Correspondent, ParbatNepal
8 years ago
1869
जेठ ११, पर्वत । कुश्मा नगरपालिका पर्वतले घरेलु रक्सी करको दायरामा ल्याउने भएको छ ।नयाँ आर्थिक बर्षको सुरु देखि घरेलु रक्सी उत्पादकहरुले नगरपालिकामा रक्सी उद्योग दर्ता गर्नुपर्ने नियम लागु गर्न लागिएको छ । स्थानीय घरेलु रक्सीलाई बैद्यानिकता दिन लागिएको हो ।
नगर प्रमुख रामचन्द्र जोशीले भने,‘घरेलु रक्सी उत्पादन रोक्न खोजेको होईन । यसलाई बैद्यानिकता दिन खोजेका छौं । यो भएमा घरेलु रक्सी प्रसोधित हुन्छ । यसलाई कुश्मा नगरपालिकाले अभियानको रुपमा सुरु गर्दैछ । नगरपालिकावाट बैद्यानिकता नलिई अव घरमा उत्पादीत रक्सी बजार सम्म लान पाईन्न् । नगरपालिकाले विभिन्न निकाय संगको सहकार्यमा अभियान चलाउदै छ ।
सवलाई यो अभियानमा सामेल हुन उसले आग्रह गरेको छ । उनले भने,‘हामीले रोजीरोटी खोस्न खोजेका होईनौं । मात्र,करको दायरामा आई नियममा जाउँ भन्ने हो । । नगर प्रमुख जोशीका अनुसार हरेका माध्यमवाट सुचना दिने,प्रत्यक वडा स्तरमा जानकारी दिन वडाध्यक्षलाई लगाउने योजना छ । अभियानको सुरुमा घरेलु रक्सी उद्योगलाई करको दायरामा ल्याई बैद्यानिकता दिन सुचना दिने छ । र,थाह पाईपाई अटेर गर्नेलाई मदिरा उत्पादक नियम अनुसार कारवाही हुने छ ।
हाल जिल्ला प्रहरी कार्यालयले अवैद्यानिक रुपमा उत्पादन भएका रक्सी उद्योग वन्द गर्दै आएको छ । हाल जिल्ला प्रहरी कार्यालयले अवैद्यानिक रुपमा उत्पादन भएका रक्सी उद्योगलाई वन्द गर्दै आएको छ ।
