Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

2157




विश्वकै दोस्रो अग्लो बन्जी शनिबारदेखि संचालन हुने
विश्वकै दोस्रो अग्लो बन्जी शनिबारदेखि  संचालन हुने

कुश्मामा निर्माण भएको विश्वकै दोस्रो अग्लो बन्जी यहि कार्तिक १५ देखि संचालनमा आउने भएको छ।  कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारी छ । द क्लिफ प्रालिले कार्तिक १५ (शनिबार) देखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने घोषणा गरेको हो ।


२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो। पुल संगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सन्चालनमा आउन ढिलाई भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।


५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ ।


हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाईपछि पार्दै यसले बिश्वकै दोस्रो अग्लो बन्जिका रुपमा परिचित गर्ने तयारी छ ।


यहाँको स्वीङ बिश्वकै अग्लो बनेको कार्कीको भनाई छ । बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ। पोखरादेखि कुश्माको दुइतर्फी गाडीको सुबिधासहित बन्जी वा स्विङको ८ हजार ४ सय ५० रहेको छ। टेण्डम (जोडी स्वीङको १२ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

https://www.onlinekhabar.com/2020/10/906069
सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)