Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

2030




लैगिंक हिँसा बिरुद्धको १६ दिने अभियान समापन
लैगिंक हिँसा बिरुद्धको १६ दिने अभियान समापन


मंसिर २४ पर्वत । यो वर्षको लैगिंक हिँसा बिरुद्धको १६ दिने अभियान आज समापन भएको छ । कुश्मा नगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा आज अभियानको समापन गरिएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले अभियानले लैगिंक हिँसा बिरुद्ध सामूहिक आवाज र सोचको विकास हुनुपर्ने बताउनुभयो । अभियान समापनको अवसरमा बोल्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले लैगिंक हिँसा अन्त्य नभएसम्म देशको विकासमा पनि बाधा पुग्ने बताउनुभयो ।

 उहाँले सरकारले नीतिगत र व्यवहारिक रुपमै हिँसा अन्त्य गर्ने कानुन बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । कुश्मा नगरपालिकाको न्यायिक समितिका संयोजक समेत रहेका उपप्रमुख लामिछानेले हिँसा रहित समाज निर्माणका लागि शुन्य सहनशिलताको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । पुरुषबाट महिलाहरु धेरै हिँसामा परेको बताउँदै लामिछानेले महिलाको शसक्तिकरणमा राज्यले जोड दिनुपर्छ भन्नुभएको छ । 

उहाँले कुश्मा नगरपालिकाको नीति तथा कार्यक्रममा प्राथमिकतामा रहेको हिँसा पीडितका लागि सरक्षित आवास निर्माणको काम अगाडी बढेको अवगत गराउनुभयो । कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद रेग्मीले समानता कायम गर्न हरेक क्षेत्रले वकालत गर्नुपर्ने बताउनुभयो । लैगिंक समानताका लागि बनेका ऐन, कानुन र नियमहरुको पालना गर्नुपर्ने कुरामा जोड दिनुभयो । 

प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारी, महिला अधिकारकर्मी सरस्वती शर्मा जिज्ञाशु, पर्वत उद्यमी संघका अध्यक्ष सरस्वती भण्डारीले लंगिंक हिँसा बिरुद्धको १६ दिने अभियान कोरोना भाईरसका बाबजुत सफल रुपमा सम्पन्न भएको बताउनुभयो । कार्यक्रमको स्वागत सामूदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शिवप्रसाद सुबेदीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक पूर्णिमा थापाले गर्नुभएको थियो । 


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)