Correspondent, ParbatNepal
7 years ago
2525
चैत्र
२४, पर्वत । कुस्मा नगरपालिका
७ खरेहाका गोविन्दराज
पौडेलले गाइपालन गरेर वार्षिक
रु १० लाख
रुपैया भन्दा वढी आम्दानी
गर्न सफल हुनु
भएको छ ।
वेरोजगारीका कारण लाखौ युवाहरु खाडिमुलुक पलायन भैरहेका वेला पौडेलले भने गाउँमै गाईपालन गरेर मनग्य आम्दानी गर्न सफल ह्ुनु भएको हो । पौडेल गाउँमा केहि गर्न सकिँदैन भननेहरुका लागि एउटा गतिलो उदाहरण समेत बन्नु भएको छ ।
३
वर्ष अगाडि दुवैवाट
फर्केर गाउँमै केही गर्नपर्छ
भन्ने सोचले ज्ञादि
कटुवाचौपारीवाट रु ३६
हजारमा एउटा गाई
ल्याएर सुरुवात गरेका पौडेलले
अहिले ठूला साना
गरी होलिस्ट्यान र
जर्सी जातका १७
वटा गाई पु¥याउनु भएको छ
।
शिवालय
कृषि गाई फार्म
दर्ता गरेर नमुना
व्यावसयिक कृषक वन्ने
उद्देश्य राखेका पौडेलले अहिले
दैनिक विहान वेलुकी
गरेर १ सयदेखि
डेढ सय लिटर
सम्म दुध वेच्ने
गर्नुहुन्छ ।
