Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

1830




कुश्मामा दलित किशोरीलाई उद्यमशिलता विकास तालिम प्रदान
कुश्मामा दलित किशोरीलाई उद्यमशिलता विकास तालिम प्रदान

रोशन तिवारी फागुन ३० पर्वत । पर्वतको कुश्मामा दलित किशोरीहरुलाई उद्यमशिलता विकास तालिम दिईएको छ । कुश्मा नगरपालिका वडा नम्बर ४ को संयोजनमा घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा तालिम दिईएको हो ।  १० दिने तालिमको आज एक समारोहका बिच समापन गरिएको छ । 

तालिम समापन गर्दै वडाध्यक्ष मिना कमाचार्यले सिकेको सीपलाई थन्काएर नराख्न सहभागीहरुलाई अनुरोध गर्नुभयो । उहाँले तालिम लिएपछि किशोरीहरुले भविष्यमा व्यवसाय गर्न सहयोग होस भन्ने आफुहरुको चाहना रहेको बताउनुभयो । कर्माचार्यले यो तालिम पछि वडाले फेरि अरु व्यवसायिक तालिम दिने तयारी गरेको बताउनुभयो । 


तालिम सिकेपछि जहाँ गएपनि कामको अभाव नहुने र अर्थोपार्जन गर्न सहज हुने कर्माचार्यले बताउनुभयो । तालिममा सहभागी १२ जनालाई प्रमाणपत्र बितरण गरिएको छ । सिप भए जागिर खान नपर्ने तालिममा सहभागी भएका किशोरीहरुले बताएका थिए । 

तालिममा सहभागी देबी परियार, सविना परियार, मिना नेपाली लगायतले आफुहरुलाई क्रिष्टलको चुरा बनाउने तालिम दिलाउन अनुरोध गरे । व्यवसाय शुरु गर्दा हुने जोखिम, व्यवसाय बढाउन अपनाउने तरिका, बजार माग र आत्माविश्वास बढाउन उद्यमशिलता विकास तालिम दिइएको घरेलु तथा साना उद्योग विकास समितिका लेखा अधिकृत टेकनाथ पराजुलीले बताउनुभयो । 


उहाँले कार्यालयले विगतमा पनि यस्ता तालिम दिने गरेको र ति तालिम सिकेर अधिकाँशले राम्रो व्यवसाय सञ्चालन गरि आम्दानी गर्दै आएको अनुभव सुनाउनुभयो । सहभागी प्रशिक्षार्थीहरुले आफुहरुलाई तालिम संगै राज्यले व्यवसाय सञ्चालन गर्ने पूजीँ समेत दिन माग गरेका छन् ।

कार्यक्रममा वडा सदस्य टेकनारायण श्रेष्ठ, हिना परियार, वडा सचिव जगत जोशी, घरेलु तथा साना उद्योग विकास समितिका सहजकर्ता पूजा राना, कालिगण्डकी सावुन उद्योगका सञ्चालक योगराज अधिकारीको पनि सहभागिता थियो । उहाँहरुले पनि सानो लगानीमा धेरै आम्दानी गर्ने उपायहरुको बारेमा सहभागीहरुलाई विभिन्न सुझाव दिनुभएको थियो । 



सम्बन्धित समाचार (जिल्ला )