Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2120




गुरुकुल एकेडेमीमा खेलाडी विद्यार्थीलाई सम्मान
गुरुकुल एकेडेमीमा खेलाडी विद्यार्थीलाई सम्मान


विकासराज पौडेल फागुन २ पर्वत । प्रदेश नम्बर ४ स्तरीय कराँते प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । पर्वत सदरमुकाममा रहेको गुरुकुल एकेडेमीमा एक कार्यक्रमकाबीच विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितका अध्यक्ष ओमकुमार श्रेष्ठ, भाईस प्रिन्सिपल उज्वल अधिकारी, स्काउट शिक्षक लाल बहादुर क्षेत्री, कराँतेका राष्ट्रिय रेफ्रि तथा गुरुकुल एकेडेमीका सञ्चालक राम श्रेष्ठले विजेता विद्यार्थीहरुलाई नगद, मेडल, शिल्ड, खादा र अविर लगाई सम्मान गरेका हुन् । कार्यक्रममा इश्वीन पौडेल २५ केजी तौल समुह द्धितीय, उषा शर्मा ४५ केजी तौल समुह प्रथम, द्धितीय अस्मिता पौडेल र विज्ञान श्रेष्ठ तृतिय ६० केजी तौल समुहका खेलाडीहरु सम्मानित भएका थिए । 

बाग्लुङ्गको बिहुँकोटमा गतहप्ता आयोजित प्रदेश नम्बर ४ स्तरीय प्रतियोगितामा चारसय सात जना खेलाडीहरु मैदानमा सहभागी भएका थिए । प्रतियोगितामा १० गोल्ड मेडल, १० शिल्भर मेडल, २० बाउण्ड मेडल गरी ४० मेडलका लागि प्रतिष्पर्धा भएको थियो । 


जसमा पर्वत गुरुकुल एकेडेमीले गोल्ड मेडल सहित चारवटा मेडल तथा शिल्डहरु ल्याउन सफल भएको कराँतेका प्रशिक्षक राम श्रेष्ठले जानकारी दिए । सो अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारामा आत्मसाथ गर्दै राज्य र स्थानीय तहले एकहजार वटा अस्पताल बनाउन भन्दा एउटा व्यवस्थित खेल मैदान बनाउन सके हरेक मानिसको जीवन स्वस्थ्य बन्ने र विश्वमा खेलकुदको माद्यमबाट देशको पहिचान दिन सकिने श्रेष्ठले बताए ।



सम्बन्धित समाचार (कुश्मा नगरपालिका )