Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1852




आर्थरडाँडाखर्कमा आयोजित विविध कार्यक्रम सम्पन्न
आर्थरडाँडाखर्कमा आयोजित विविध कार्यक्रम सम्पन्न

रोशन तिवारी माघ १६ पर्वत - माघ १३ गतेदेखि संचालन भएको आर्थर डाँडाखर्क मेला वडास्तरीय भलिबल प्रतयोगिता तथा विविध सांस्कृतिक कार्यक्रमसहित आज एक समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रम समापन समारोहमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले आर्थर कला संस्कृतिका साथै मनमोहक प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको वताउँदै यस गाउँको पर्यटकीय विकास गर्न आफूले निरन्तर सहयोग गर्ने र त्यसका लागि स्वयं आर्थरबासीको सक्रियता पनि आवस्यक रहेको वताउनु भएको थियो । 

नेता जोशीले आर्थरबाट आफूले निरन्तर माया पाएको र आफूले पनि आर्थरको विकास र समृद्घिका लागि सँधै माया गरिरहेको वताउँदै अहिले आफू जनप्रतिनिधि नभएपनि आफूले शुरूवात गरेका विकासका योजनाहरू आफूलेनै निष्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले यसबर्षपनि पकुवा गँगटे आर्थर डाँडाखर्क पुग्ने मोटरबाटो र गँगटेमा पक्की पुलको डिपिआर तयार गरि अर्थमन्त्रालयमा अन्तिम निर्णयमा रहेको जानाकारी दिनुभयो । आर्थर डाँडाखर्क युवा क्लवका अध्यक्ष केशु गुरूङको सभापतित्वमा भएको उक्त कार्यक्रममा मेलाको औचित्यका वारेमा मेला आयोजक समितिका संयोजक रूद्रमोहन रिमालले प्रकाश पार्नुभएको थियोभने कार्यक्रममा स्वागत मन्तव्य क्लवका सदस्य लेखनाथ रिमालले र कार्यक्रमको संचालन क्लवका सल्लाहकार सुरेश गुरूङले गर्नुभएको थियो । 

भलिबल प्रतियोगितामा आर्थर डाँडाखर्क युवा क्लव प्रथम र द्वित्तिय स्थान पकुवा युवा क्लव पकुवाले प्राप्त गरेको छ । विजयी प्रथम टिमलाई ५० हजार पाँचसय पचास र सिल्ड प्रदान गरिएको छभने उक्त पुरस्कारको प्रायोजन  नेका आर्थरका सभापति एवं मेला मूल आयोजक समितिका संयोजक रूद्रमोहन रिमालले गर्नुभएको आयोजक संस्थाले जानाकारी दिएको छ । भलिबल प्रतियोगितामा विभिन्न वडाका २१ टिमले भाग लिएका थिए । मेलामा चर्चित लोकदोहोरी गायक चित्रसागर श्रेष्ठ सहित स्थानीय तथा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो ।


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( मनोरंजन)