बैशाख २५, पर्वत । थर्मल गनको अभावले ज्वरोका विरामी जाँच्न समस्या भएका कुश्मा नगरपालिकाका मातहतका स्वास्थ्यचौकीमा थर्मल गन उपलब्ध गराईएको छ । कुश्मा नगरपालिकाले खरिद गरेका थर्मल गन स्वास्थ्यचौकीमा पुराउन थालिएको हो । बुधवार कुश्मा नगरपालिका भित्रका कटुवाचौपारी, पिपलटारी, खौला स्वास्थ्यचौकी एंव ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्र सिल्मीमा थर्मन गन हस्तान्तरण गरिएको छ ।
नगरपालिकाले यस अघि चुवा स्वास्थ्य चौकीलाई थर्मन गन हस्तान्तरण गरिसकेको छ । बाँकी स्वास्थ्य चौकीमा केही दिनमा उपलव्ध गराउने नगरपालिकाले जनाएको छ । कोरोना संक्रमणको संभावित जोखिम बढ्न नदिन नगर १४ वटा एक÷एक थान थर्मल गन वितरण गर्न थालिएको कुश्मा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्यचौकीमा कोरोना संक्रमणको जोखिम रहने भएकोले नगरपालिकाले नगरका सबै स्वास्थ्य संस्थालाई थर्मल गन उपलव्ध गराएपछि स्वास्थ्यकर्मीलाई सहज हुने कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
गाउँगाउँमा थर्मल गन नहुँदा सामान्य ज्वारो आएका बिरामीलाई समेत स्वास्थ्चौकीले उपचार नगरी फिर्ता पठाउने गरेका थिए । सो उपकरणलाई आजवाटै प्रयोगमा ल्याउने ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रका राजन लामिछानेले जानकारी दिनुभयो । नगरप्रमुख जोशी सँगै कुश्मा नगरपालिकाकी उपमेयर सिताकाफ्ले लामिछाने, प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी, कुश्मा नगरपालिका–७ का वडा अध्यक्ष सुवास चन्द्र पौडेल लगायतको टोलीले विभिन्न वडामा अवस्थित स्वास्थ्य चौकीको अनुगमन गर्नुभएको छ ।
कोरोना भाइरस (कोभिढ–१९)को संक्रमणमा स्वास्थ्यकर्मीले पु¥याएको योगदानको उच्च प्रशंसा गदै उपप्रमुख काफ्लेले कोरोनालाई जित्न सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
