Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2471




अधिकारी वन्धु समाजद्धारा सम्मान कार्यक्रम सम्पन्न
अधिकारी वन्धु समाजद्धारा सम्मान कार्यक्रम सम्पन्न

पुष १३ पर्वत-


कास्यप गोत्रिय अधिकारी वन्धु समाज प्रतिष्ठान पर्वतले प्रदेश साँसदहरु, प्रतिष्ठानका पदाधिकारी विभिन्न सामाजिक व्याक्तित्वहरुलाई सम्मान गरेको छ । अधिकारी वन्धु समाज पर्वतको वुधबार जिल्लाको सिल्मीमा भएको कार्यक्रममा पर्वत जिल्ला प्रदेश १ का विजयी साँसद नेत्रनाथ अधिकारी, प्रदेश २ का विजयी साँसद विकास लम्साल, फलेवास नगरपालिकाको उपमेयर मञ्जु अधिकारीलाई सम्मान गरिएको छ ।


भर्खरै सम्पन्न प्रदेशसभाको निर्वाचनमा विजयी साँसद अधिकारी र लम्साल तथा स्थानीय तहको निर्वाचनमा फलेवासको उपमेयरमा वियजी अधिकारीलाई अधिकारीलाई वन्धु समाजले सम्मान गरेको हो । त्यस्तै उक्त अवपसरमा नेपाल शिक्षक संगठन पर्वतका नवनिर्वाचित अध्यक्ष चिरञ्जिवी अधिकारी, अधिकारी वन्धु समाजका पश्चिमाञ्चल उपाध्यक्ष खेमनारायण अधिकारी,अधिकारी वन्धु समाजका जिल्ला कोषाध्यक्ष हेमप्रसाद अधिकारी, धौलागिरी ईन्चार्ज प्रेमनारायण अधिकारी, सदस्य गोविन्द अधिकारीलाई सम्मान गरिएको छ ।


सम्मान कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्रदेशसभा १ का साँसद नेत्रनाथ अधिकारीले अधिकारी वन्धुहरुले रचनात्मक काम गरेर समाजलाई रुपान्तरण गर्नुपर्ने वताउनुभयो । उहाँले आफ्नो पहिचान जोगाउँदै समाजका लागि पनि रचनात्मक का मगर्न सुझाव दिनुभएको छ । आफ्नो तर्फवाट जुनसुकै सहयोग गर्न पनि तयार रहेको अधिकारीले वताउनुभयो । कार्यक्रममा साँसद विकास लम्साल, फलेवास नगरपालिकाका उपमेयर मन्जु अधिकारीले अधिकारी वन्धु समाजलाई अझै क्रियाशिल हुन आग्रह गर्नुभयो । कार्यक्रममा शिव अधिकारी, गुप्त हमाल, उदय सुबेदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


अधिकारी वन्धु समाज प्रतिष्ठान पर्वतका अध्यक्ष उषादेवी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सहसचिव देविप्रसाद अधिकारी र सञ्चालन सदस्य गणेश अधिकारीले गर्नुभएको थियो । अधिकारी वन्धु प्रतिष्ठानले देशभरि रहेका सबै अधिकारी वन्धु हरुको वंशावली तयार भैसकेको र छुटेकाहरुलाई पनि समाबेश गर्ने काम भैरहेको अधिकारी वन्धु समाजले जनाएको छ । सम्मान कार्यक्रम संगै सिल्मीमा वनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)