गजल
भुमिराज शर्मा     4 years ago
गजल

हाल हाल बजेट आफ्नै करेसामा हाल

आफ्नै आगन बारी अनि चौघेरामा हाल ।।

 

वल्लो पल्लो गाउँतिर फड्को मार्नु हुन्न

आफ्नै दैलो पिढी अनि कटेरामा हाल ।।

 

काकाकुल परुन अरु चासो किन राख्नु

आफ्नै कुवा धारो अनि पधेरामा हाल ।।

 

आफू भलो जगत भलो भन्ने दर्शन तिम्रो

आफ्नै डाँडा पाखा अनि पखेरामा हाल ।।

 

फेरि टिकट पाउने अनि जित्ने निधो छैन

आफ्नै भुँडी भरिने गरी हत्केलामा हाल ।।