Correspondent, ParbatNepal
8 years ago
2006
जेठ
१५, पर्वत ।
महिनावारी दिवसको अवसरमा पर्वतको
महाशिला गाउँपालिकाले विद्यार्थीहरुलाई सेनेटरि प्याड बितरण गरेको
छ । महाशिला
गाउँपालिका भित्र रहेका ८
वटा सामुदायिक विद्यालयमा
अध्ययनरत विद्यार्थीलाई सेनेटरी प्याड वितरण
गरेको हो ।
कार्यक्रममा हजार भन्दा बढि छात्रालाई प्याड वितरण गरिएको महाशिला गाउँपालिका–५ लुंखुका वडा अध्यक्ष जिवन उचै ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार सेनेटरी प्याडले छात्राको स्वास्थ्य अवस्था सुरस्थित र अध्ययनमा सहज बनाउने बताउनु भयो ।
सेनेटरी प्याडका लागि गाउँपालिकाले १ लाख रकम प्रास्तावित गरेको उहाँको भनाई छ महिनावारी हुँदा शारिरीक समस्या हुने र पठनपाठनमा समस्या हुँने गरेपछि महिनावारीको समस्या छात्राहरु विद्यालय नै नआउने आएपनि कक्षा छाडेर घर फर्किने गरेपछि यहाँका विद्यालयहरुलाई
सेनेटरी
प्याडको व्यवस्था गरिएको वडा
अध्यक्ष ठकुरीले बताउनु भयो
। विद्यालयमा सेनेटरी
प्याडको व्यवस्था गरेपछि छात्राहरुको
विद्यालयमा नियमितता बढ्ेने विद्यालयले
जनाएको छ ।
गाउँपालिकाले कक्षा ६ देखी १२ सम्मका छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था गरेको छ ।
