Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1614




पर्वतको जलजलामा प्रयोशाला स्थापना
पर्वतको जलजलामा प्रयोशाला स्थापना

साजन परियार, जेठ ७ (जलजला) पर्वत। पर्वतको जलजला गाउँपालिकामा पहिलो पटक प्रयोगशाला ९ल्याब० सञ्चालनमा ल्याइएको छ । गाउँपालिको सहयोगमा मल्लाज स्वास्थ्य चौकीमा पहिलो पटक प्रयोगशाला सञ्चालनमा आएको हो । 

ल्यापको गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल९मल्ल० रामकृष्णले उद्घाटन गदै स्थानीय नागरिकलाई स्वास्थ्य सेवको पहुँच पु¥याउने उद्देश्यले सञ्चालन गरेको बताउनु भयो । 

उहाँले पछिल्लो समय स्थानीवासी विरामी हुँदा रगत तथा खकार लगायतका स्वास्थ्य परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई मध्यनजर गदै गाउँपालिकाले स्वास्थ्य चौकीबाट सञ्चालन हुने गरि प्रयोगशाला सञ्चालन ल्याएको बताउनु भयो । 

प्रयोगशाला स्थापनापछि जलजला गाउँपालिका आधा दर्जन वडाहरुका नागरिकहरुलाई प्रत्यक्ष फाईदा पुग्ने मल्लाज स्वास्थ्य चौकीका प्रमुख गोरे नेपालीले जानकारी दिनुभयो । प्रयोगशला नहुँदा स्थानीवासी कुश्मा, बागलुङ र म्याग्दी जिल्लामा पुग्नुपर्न बाध्यता थियो । 

उद्घाटन कार्यक्रममा जलजला गाउँपालिका –२ का वडा अध्यक्ष गोविन्द, जलजला गाउँपालिकाका स्वास्थ्य प्रमुख डिलराम कामती, नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रवहादुर खत्री, नेपाल कम्युनिष्ट पार्टीका बाबुराम कार्की, विद्याज्याती मा।विका प्रधानाध्यापक रघुनाथ आचार्य लगायतले शुभकामना मन्तवय राख्नुभएको थियो । 

स्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष तथा जलजला गाउँपालिका–३ का वडा अध्यक्ष देवेन्द्र भण्डारीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य चित्रराज रेग्मी र कार्यक्रमको सञ्चालन मल्लाज स्वास्थ्य चौकीका प्रमुख गोरे नेपालीले गर्नुभएको थियो । 


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)