Correspondent, ParbatNepal
5 years ago
1437
जेठ १६, पर्वत । पर्वतको कुश्मा नगरपालिकामा पनि अमेरिकन फौजी किराले मकैबालीमा क्षती पुराएको किसानहरुले गुनासो गरेका छन् । कुश्मा नगरपालिकाका प्राय सबै वडामा फौजीकिराको प्रकोप देखिएको छ । बिगत वर्षहरुमा यो किराको बारेमा थाहा नपाएका किसान यसवर्ष हैरान भएका गुनासो दैनिक रुपमा गर्ने गरेको कुश्मा नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
किसानहरुले मकैमा फौजी किराले आक्रमण गरेर हैरान पारेको गुनासो गर्न थालेपछि समाधानका लागि बिषादीको प्रयोग गर्न थालिएको छ । कुश्मा बजार नजिकैको खरेया, गोदाम, कटुवा, पिपलटारी लगायत ठूलीपोखरी, पाङ, खुर्कोट लगायतका गाउँमा मकैमा फौजी किराको प्रकोप देखिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँले किसानहरुले समस्या भएको गुनासो गरेपछि त्यसको व्यवस्थापनका लागि विषादी वितरण गर्न थालेको बताउनुभएको छ ।
किसानहरुलाई मकैमा किराको प्रकोप देखिएको भए नगरपालिकाका कृषि प्राविधिक संग परामर्श गरि बिषादी मगाउन जोशीले अनुरोध गर्नुभएको छ । पहिले पातमा आक्रमण गर्ने यो किराले गुवामा गएर आक्रमण गरेपछि बोट नै मर्ने समस्या देखिएको किसानहरुले बताउने गरेका छन् ।
